नेभिगेशन

औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि व्यवस्था विभाग तथा मातहतका कार्यालयमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरेको छ। मन्त्रालयले प्रशासनिक कामकारबाही र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित कर्मचारीहरूको सरुवा गरेको हो।

सरुवासम्बन्धी निर्णयअनुसार औषधि व्यवस्था विभागमा कार्यरत केशु गिरी, अच्युत रेग्मी र निकेश श्रेष्ठलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ। त्यस्तै, राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत निशा श्रेष्ठ र सुस्मिता मरासिनीलाई औषधि व्यवस्था विभागमा ल्याइएको छ।

यसैगरी, स्वास्थ्य सेवा विभागमा कार्यरत सञ्जिब कट्टेलको औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ भने औषधि व्यवस्था विभागमा कार्यरत वर्षा शाक्यलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ।

मन्त्रालयले राजेश श्रेष्ठलाई विराटनगरमा सरुवा गरेको छ। साथै, कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्यसहित केही सुपरभाइजरहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट