नेभिगेशन

जाडोमा बच्चालाई कसरी जोगाउने ?

भक्तुपरकी सुजिता महर्जनले गत बर्षको जाडोयाममा आफ्नो काम व्यस्तताका कारण नाबालक छोराको हेरचाहामा खासै ध्यान दिन पाइनन् । विहानै डे केयर सेन्टरमा लगेर राख्ने र बेलुका कार्यालयबाट फर्कदा घर लिएर आउने गरेकी उनको छोरालाई रुघाखोकी लाग्न थाल्यो । सामान्य होला भन्दा भन्दै छोरालाई निमोनिया भएर करिव १५ दिन अस्पताल बस्दा कम्ती हेरानी खेप्नु परेन । झन्डै ज्यानै गएन छोराको । यसपालाको जाडोमा भने समयमै होसियार भएर छोराको हेरचाह गर्ने अठोट् गरेकी छन् सुजिताले । यो त प्रतिनिधि घटना मात्र हो । जाडोमा राम्रोसँग हेरविचार नपु¥याउँदा चिसोका कारण धेरै बालबालिका बिरामी पर्छन् । कति त अस्पताल नै भर्ना हुन्छन् भने कतिको अकालमा ज्यान जानसक्छ । यतिखेर राजधानीलगायत देशभर नै चिसो मौसम बढेको छ । चिसोले सवैलाई प्रभावित पार्ने भएपनि विशेषत बालबच्चा तथा बृद्धबृद्धा बढि जोखिममा छन् ।
‘‘जाडोयाममा बालबालिकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र रुघाखोकी, श्वास प्रश्वासको समस्या, निमोनिया हुने सम्भावना हुन्छ ।’’  
आमाबाबुले बालबच्चालाई सामान्य रुघाखोकी ठानेर ख्याल नपु¥याउँदा कतिपय बालबालिका कडाखालको निमोनियाको शिकार भएको पाइन्छ । यस्तो अवस्थामा बालबालिकालाई ज्वरो पनि देखिनसक्छ । खासगरी जाडो मौसममा ५ बर्षमुनिका बालबालिकामा प्राणघातक रोटा भाइरसको संक्रमण हुनसक्छ । रोटा भाइरस जाडोयाममा सक्रिय हुन्छ । सामान्य खालको झाडापखाला लाग्दा पातलो दिसा आउने जस्तो लक्षण देखिने यस किसिमको समस्यामा तारन्तार बान्ता हुन्छ । यद्यपी सामान्य हेलचेत्र्mयाइले बालबालिकाको जानसक्छ । रोटा भाइरसबाट जोगाउन चिसो लाग्न नदिने, व्यक्तिगत सरसफाइ तथा खानपानमा ध्यान दिन जरुरी छ । प्रशस्त मात्रामा जीवन जल, जिंक चक्की खुवाउनुपर्छ । पटक पटक बान्ता भइरहेमा चिकित्सकको सल्लाहअनुसार स्लाइन समेत दिनुपर्छ । बालबालिकाको खोप तालिका अनुसार खोप लगाउन विर्सनुहुँदैन । बालबालिकाको उमेर अनुसार उचाइ, तौल तथा अन्य शारीरिक मानसिक विकास भए नभएको बारे ध्यान दिनुपर्छ । रोगको शंका लागेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा पु¥याउनुपर्छ । जाडोयाममा बच्चाहरुलाई जोगाउन निम्न कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । पर्याप्त मात्रामा सुताउने बालबालिकाको रातको समयमा सुतेको बेलामा शारीरिक विकास हुने भएकाले पर्याप्त मात्रामा सुताउनुपर्छ । उनीहरुलाई कम्तिमा १२ घण्टा सुताउनु आवश्यक हुन्छ । झोलिलो तथा फलफुल खुवाउने बालबालिकालाई चिसो लाग्ने भयले जाडोयाममा फलफूल खुवाइँदैन । तर यो भ्रम मात्र हो । बालबालिकालाई मौसम अनुसारको फलफूल खुवाउन जरुरी हुन्छ । फलफूललाई तातो पानीले धोएर खुवाउनुपर्छ । यसका साथै पर्याप्त मात्रामा तातो पोषिलो रस पनि खुवाउनुपर्छ । मनतातो पानी खुवाउनुपर्छ । घाममा राख्ने जाडोयाममा बालबालिकालाई घाममा राख्नुपर्दछ । घाममा राख्ने भन्दै विहानको चिसो समयमा राख्नुहुँदैन । यो मौसममा १० बजेपछि १ बजेसम्मको घाममा राख्दा राम्रो मानिन्छ । घामबाट प्रशस्त भिटामीन डी पाइन्छ । घाममा राखेर तोरीको तेल लगाइदिएमा लाभदायक मानिन्छ । तर तेल लगाइदिँदा संवेदनशील अङ्ग जस्तै कान, नाइटो, नाक, आँखाहरुमा ध्यान दिनुपर्छ र हात खुट्टाहरु कमजोर हुने हुँदा जथाभावी मार्याकमुरुक पार्नुहुँदैन । आवश्यक न्यानो कपडा लगाइदिने बालबालिकालाई धेरै बाक्लो कपडा नभई न्यानो कपडा लगाइदिनुपर्छ । आवश्यक भन्दा धेरै बाक्लो लुगाले बालबालिका गुम्सेर पसिना आउँछ र पसिना शरीरमा सुकेमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थाल्छन् । साना बच्चाहरुलाई कपास भएको लुगा लगाएमा कपडाले पसिना सोच्छ र बारम्बार चिसो भइरहन्छ । पसिना आएको थाहा पाएपछि भित्री कपडा परिवर्तन गरिदिनुपर्छ । सरसफाइमा ध्यान दिने बालबालिकाको सरसफाइमा ध्यान पु¥याउन सकेको अवस्थामा धेरै रोगबाट जोगाउन सकिन्छ । चिसो लाग्ने डरले जाडोयाममा लामो समयसम्म ननुहाइ राख्न हुँदैन । नियमित सरसफाइमा ध्यान दिएमा रुघाखोकी र खटिराजन्य संक्रमणबाट जोगाउन सकिन्छ । साबुन तथा सेम्पु प्रयोग गरेर राम्ररी पखालिदिनुपर्छ । त्यसैगरी आमाले पनि शारीरिक सरसफाइमा ध्यान दिनुपर्छ । आमाको संक्रमण बालबालकालाई पनि सर्ने सम्भावना रहन्छ । स्तनपान गराउने आमाले स्तनको मुन्टा (निप्पल) राम्ररी सफा गरेर राख्नुपर्छ । हिटर तथा आगो ताप्दा ध्यान दिने बालबालिकालाई न्यानो पार्न विजुलीको हिटर ताप्न राम्रो मानिन्छ । तर मट्टितेल हिटर, ग्याँस हिटर तथा कोइला बालेर ताप्दा विशेष ध्यान दिनु पर्छ । कोठाको भेन्टिलेसन खोल्नुपर्छ । सुत्ने बेला बालेर सुत्नुहुँदैन किनभने कहिलेकाँही कोठामा अक्सिजन कम भएर सुतेको बेलामा नै मृत्यु हुनसक्छ । बालबालिकालाई चिसो लागेमा घरेलु व्यवस्थापन -प्रशस्त आराम दिने - बाफ लिन लगाउने - प्रशस्त झोलिलो खुवाउने - मनतातो पानीमा १ चम्चा मह हालेर खुवाउने - नुन पानीले कुला गर्ने -तोरिको तेलले मसाज गर्ने बालबालिकालाई चिसो लागेका लक्षण - रुघाखोकी लाग्ने - सिँगान बगिरहने - ज्वरो आउने -कान दुख्ने - टाउको दुख्ने - झाडापखाला र निरन्तर वान्ता हुने - घाँटी दुख्ने - हाँच्छ्यु गरिरहने - थकाइ लाग्ने
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्