नेभिगेशन

फोक्सोको क्यान्सर भएको बिरामीको आयु कति ?

फोक्सो स्वासप्रश्वास प्रणालीको मुख्य अंग हो । यसले श्वास फेरेर अक्सिजन भित्र लिने र कार्वनडाइ अक्साइड बाहिर फाल्छ । अक्सिजन बिना मानिस बाँच्न सक्दैन । फोक्सोमा रगतका नलीहरु जोडिएका हुन्छन् । रगतलाई अक्सिजन पु¥याएर स्वस्थ्य बनाउने काम फोक्सोले गर्छ । फोक्सोको क्यान्सर हुनमा कोषिकाहरुको असामान्य बृद्धि हो । अप्राकृति रुपका कोषिकाहरु बढेर नियन्त्रण नभएमा क्यान्सरको समस्या देखिन शुरु हुन्छ । यसरी फोक्सोका कोषिकाहरु अप्रत्यासित अप्राकृतिक नियन्त्रण नहुने किसिमले उत्पादन हुने अवस्थालाई फोक्सोको क्यान्सर भनिन्छ । चुरोट खाने ब्यक्तिले खोक्दा खकारमा रगत देखिएमा फोक्सोको क्यान्सरको शंका गर्नुपर्छ । फोक्सोमा क्यान्सर भएपछि यसले काम गर्न सक्दैन । आफूलाई शंका लागेमा एकपटक छाति तथा क्यान्सर रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । क्यान्सर पहिलो, दोस्रो, तेस्रो र चौथो गरी चार चरणमा गुज्रिने भएकाले शुरुको अवस्थामा पहिचान भएमा यसलाई पूर्ण रुपमा निको पार्न सकिन्छ । त्यही क्यान्सर चौथो चरणमा पुगेमा निको पार्न सकिदैन । यस्तो अवस्थामा बिरामी बाँच्ने आशा न्यून हुन्छ । कारण क्यान्सर हुनमा कुनै कुनै बंशाणुगत कारण पनि हो । वंशाणुगत भनेको पाँच–दश प्रतिशत मात्र हो । ८०—९० प्रतिशत खानपान (खाना, चुरोट, रक्सी) मा भर पर्छ । चुरोट मात्रले ३० प्रतिशत क्यान्सर हुन्छ । जीवनशैलीमा परिवर्तन ल्याउँदा ८० प्रतिशत क्यान्सर हुने सम्भावना टार्न सकिन्छ । जंकफूड, प्रदूषण, बाहिरी खाना खाने चलनले पनि क्यान्सर बढेर गएको छ । पत्ता लगाउने प्रविधि विकास भएकाले रोगहरु पहिचान हुन थालेका छन् । फोक्सोको क्यान्सरका लक्षण - खोकी लाग्ने -खकारमा रगत देखिने - सास फेर्न गारो हुने -श्वर धोद्रो हुने, लगातार खोकी लाग्ने - हड्डीहरु दुःख्ने - टाउको दुःख्ने जोखिम चुरोट पिउने ब्यक्तिमा क्यान्सर हुने संभावना ९० प्रतिशत हुन्छ । गलैंचा उद्योग र रेडिएसन निस्कने ठाउँमा काम गर्ने ब्यक्तिमा फोक्सोको क्यान्सर हुनसक्छ । डिजेलबाट निस्कने धुँवा पनि फोक्सोको लागि हानिकारक हो । बच्ने उपाय -चुरोट सेवन नगर्ने - धेरै प्रदूषित वातावरणमा नबस्ने -धूलो धुँवाबाट टाढा रहने । फोक्सोको क्यान्सर लागेकाहरुको आयु फोक्सोको क्यान्सर ९० प्रतिशत धुम्रपानसँग सम्बन्धित हुन्छ । धुम्रपानमा ४ हजार केमिकल रहेको हुन्छ । त्यसमा ४—५ वटा क्यान्सर गराउने तत्व रहेका हुन्छन् । फोक्सोका क्यान्सर शुरुको अवस्थामा उपचार गरेमा करिब ९५ प्रतिशत निको पार्न सकिन्छ ।
पहिलो चरणमा उपचार हुन सकेमा ५ वर्षसम्म बाँच्ने सम्भावना ९५ प्रतिशत हुन्छ । चौथो चरणमा क्यान्सर पुगेका व्यक्तिहरुको आयु ५ वर्ष बाँच्ने संभावना १३ प्रतिशत हुन्छ ।
त्यसैले फोक्सोको क्यान्सरको उपचारका क्रममा चुरोट खान हुँदैन । खकार जाँच गर्नाले केही हदसम्म पत्ता लाग्छ । सिटी स्क्यानबाट फोक्सोका क्यान्सर राम्रोसँग पत्ता लाग्छ । उपचार फोक्सोमा दाग देखिएको शुरुको अवस्थामा सेक्नु मात्र बिकल्प होइन शल्यक्रिया पनि गर्न सकिन्छ । फोक्सोमा पाँच भाग हुन्छ । देब्रेतिर २ वटा र दाहिनेतिर ३ वटा भाग गरी फोक्सोमा पाँच भाग हुन्छ । धेरै फोक्सो बिग्रिएको अवस्था नभएमा एक भाग काटेर निकाल्न सकिन्छ । यस्तो अवस्थामा एक भागले काम गर्छ । सुझाव ९५ प्रतिशत क्यान्सरका विरामी उपचारका लागि बाहिर जानुपर्दैन । एडभान्स केस (स्टेज फोर) छ भने अमेरिका गएपनि निको हुँदैन । कसैसँग पैसा छ भने विदेश जान सक्छ । सरकारको पैसामा विदेश पठाउनु बेकार हो । एक–दुई प्रतिशतमा चाहिँ यहाँ डायनोसिस गर्नै सकिँदैन । नेपालमा मात्र होइन, अमेरिकामै पनि त्यो सम्भव छैन । यस्तो बेला डाक्टरलाई दोष दिन मिल्दैन । अमेरिका गएर पनि पत्ता लागेन भने अमेरिकालाई बदमास भन्ने ?
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्