नेभिगेशन

निजी अस्पतालहरुमा इन्सेन्टिभ्सको आधारमा रेफरल सिस्टम मौलाउँदै, प्रोफेसनल निर्णयको आधारमा मात्र बिरामी रिफर किन नगर्ने

add final
सुपर स्पेसलाइज चिकित्सा क्षेत्रको विकास भइरहेको वर्तमान अवस्थामा रेफरल सिस्टम अति आवश्यक हुन्छ । तर हाम्रो देशमा स्वास्थ्य सेवा प्रणालीको दृष्टिकोणले हुनुपर्ने व्यवस्थित रेफरल सिस्टम भएको पाइँदैन । प्राइमरी हेल्थ सेन्टरबाट जिल्ला अस्पताल, जिल्ला अस्पतालबाट कम्प्लिकेसन डिल गर्ने विशेषज्ञ अस्पतालमा बिरामी रेफर गर्नुपर्छ । यो हुन सकेको छैन । विशेषगरी शहरहरुमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुमा इन्सेन्टिभ्सको आधारमा रिफरल प्रणाली विकसित भएको छ । बिरामीको आवश्यकता र स्वास्थ्य प्रदायकको क्षमताको आधारमा बिरामी रेफर गर्नुपर्छ । बिरामीको उत्कष्ठ उपचार हुने ठाउँ पहिचान गरेर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीले तोकेबमोजिमको अस्पतालमा पठाउने व्यवस्था मिलाउनुपर्छ । तर इन्सेन्टिभ्सको आधारमा रेफरल सिस्टम मौलाउँदै गएको छ । यसलाई हामी सबैले सामुहिक आवाज उठाउनुपर्छ र प्रोफेसनल निर्णयको आधारमा मात्र रेफरल सिस्टम शुरु गर्नुपर्छ । यसले देशको भलो हुन्छ । बिरामीले उत्कृष्ठ उपचार सेवा प्राप्त गर्छन् । हामी सबैले गुणस्तरीय उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । अन्यौलमा बिरामी बिरामीहरु अहिले अन्योलमा छन् । गाउँबाट उपचारका लागि राजधानी लगायत देशका विभिन्न शहरी क्षेत्रमा पुग्दा कुन अस्पताल जाने ? कुन डाक्टरसँग उपचार गराउने ? त्यो डाक्टर कस्तो हो ? भन्ने अन्योलता छाएको पाइन्छ । सिमित आर्थिक अवस्थाबाट गुज्रियर आएका बिरामीहरु विदेश जान सक्दैनन् । स्वदेशका अस्पतालहरुमध्ये कहाँ राम्रो छ ? भन्ने उनीहरुलाई पत्तो हुँदैन । यो अन्योलता चिर्नुपर्छ । डाक्टर कति हदसम्म दक्ष र विरामी प्रति कमिटेड छ भन्ने कुरालाई सार्वजनिकरण गर्नुपर्छ । यसबारेमा सबैलाई सु—सुचित गर्दै जानुपर्छ । विचौलियाले भनेको आधारमा उपचार गर्ने ठाँउ र चिकित्सक रोज्न उचित हुँदैन । विज्ञ अस्पताल र चिकित्सकको सार्वजनिक जानकारी भएको अवस्थामा कसैले पनि प्रलोभनमा परेर गलत ठाउँमा बिरामी रेफर गर्न सक्दैनन् । (प्रा.डा. कोइराला मनमोहन कार्डियोभास्कुलर सेन्टर र ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्