
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष एवं वरिष्ठ नर्स विष्णु राईको वीर अस्पतालको आईसियू (सघन उपचार कक्ष) मा उपचार भइरहेको छ ।
यसअघि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइँदै आएकोमा स्वास्थ्यमा क्रमिक सुधार आएकाले सघर उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताउनुभएको छ । राई ७७ वर्षकी हुनुहुन्छ ।उहाँले ५७ वर्षदेखि नर्सिङ सेवामा आवद्ध रहेर देश र जनताको सेवा गरिरहनुभएको छ । दुवै मिर्गौला विफल भएका कारण अध्यक्ष राईले नियमित डायलाईसिस गराउँदै आउनुभएको छ । राई ललितपुर नर्सिङ कलेजकी प्रमुख हुनुहुन्छ । उहाँ नेपालको पहिलो ख्रिष्टियन नर्स हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एउटा परमात्मा र नर्सको हृदय एउटै हुनुपर्छ
आइतबार, चैत १७, २०८१ट्रेन्डिङ
