जनस्वास्थ्य सरोकार, काठमाडौं । अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरुमा कोभिड—१९ संक्रमण बढिरहेको छ । नेपालमा कोभिड—१९ संक्रमित पुष्टि भएका नर्सहरुको संख्या ४ पुगेको छ । आइतबार धनकुटास्थित जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएसँगै नर्सहरु कोभिड—१९ को संक्रमणमा पर्दै गएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पिसिआर परीक्षण पोजेटिभ देखिएसँगै मुलुकमा कोभिड १९ संक्रमित नर्सहरुको संख्या चार पुगेको हो ।
यसअघि तौलिहवा, सुनसरी स्थायी घर भएकी भक्तपुरको एक निजी अस्पताल र नारायणी प्रादेशिक अस्पतालमा काम गर्ने ३ जना नर्समा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ ।
यसैबीच नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा.मुनाकुमारी राईले संक्रमित नर्सहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरु कोरोनाको उच्च जोखिमा रहेकाले पिपिईलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन सम्बन्धित अस्पताल व्यवस्थापक एवं नेपाल सरकारलाई ध्यानाकार्षण गराउनुभएको छ । अध्यक्ष राईले भन्नुभएको छ—‘नेपालमा कोभिड १९ संक्रमित संख्या बढेसँगै अग्रपंक्तिमा बसेर संक्रमितहरुलाई सेवा दिने नर्सहरु नै संक्रमित हुनु दुःखद समाचार हो ।’ अस्पतालमा आएका संक्रमितहरुको सेवामा खटिएको अवस्थामा नर्सहरु संक्रमित हुनु गम्भिर चुनौतिको विषय भन्दै उहाँले नर्सहरुलाई व्यक्तिगत सुरक्षा कवच पिपिई पर्याप्त व्यवस्था गर्न गराउन आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एउटा परमात्मा र नर्सको हृदय एउटै हुनुपर्छ
आइतबार, चैत १७, २०८१ट्रेन्डिङ
