जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमितको उपचार गर्न अनुमति दिएको छ । त्यहाँकोे खाद्य तथा औषधि प्रशासन (एफडीए)ले निको भइसकेका कोरोना भाइरस संक्रमितहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो । यस प्रविधिमा रोग निको भइसकेका व्यक्तिको रगतमा भएको एन्टीबडी–रिच प्लाज्मामालाई अन्य बिरामीमा प्रयोग गरिन्छ ।
अमेरिकामा यो विधि ७० हजारभन्दा धेरै मानिसमा प्रयोग भइसकेको छ । शुरुआती परीक्षणहरुले यो प्रविधि सुरक्षित रहेकोतर्फ संकेत गरेको एफडीएले बताएको छ । तर यसको प्रभावकारी प्रमाणित गर्न थप प्रमाण चाहिन्छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको बताएका थिए । एफडीएले राजनीतिक कारणहरुले गर्दा खोप र थेरापी ल्याउन ढिलाइ गरेको भनेर ट्रम्पले आरोप लगाएको एक दिन लगत्तै यो घोषणा भएको हो ।
यस क्रममा उनले कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दान दिन अपिल समेत गरेका थिए । यो विधिको प्रयोगबाट कोरोना भाइरसबाट हुने मृत्यु ३५ प्रतिशत घट्ने उनको दाबी छ । स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन् ।कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने उनीहरुको भनाइ छ । अमेरिकामा कोरोना भाइरसबाट ५६ लाख मानिस संक्रमित छन् भने मर्नेको संख्या एक लाख ७६ हजार पुगेको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
