नेभिगेशन

अल्ट्रासाउन्ड कुन समस्यामा प्रयोग हुन्छ ?

अल्ट्रासाउण्ड भनेको एउटा ध्वनीको तरंग हो जुन मानिसले कानले सुन्दैन । ध्वनीको तरंग भित्र गएर सम्बन्धित ठाउँमा ठोक्किएर रिफ्लेक्ट भएर फर्किदा यो पिक्चर (फोटो) मा परिणत भएर आउँछ । बोलिचालीमा अल्ट्रासाउण्डलाई भिडियो एक्सरे भन्ने चलन छ । तर यो भिडियो फोटो हो । यसमा कुनै पनि साइड इफेक्ट छैन । साइड इफेक्ट नभएका कारण गर्भको भ्रूणदेखि अन्तिम अवस्थासम्म अल्ट्रासाउण्ड गरिँदै आएको हो । यो कुनै विकिरण होइन । अल्ट्रासाउण्ड निकै सुरक्षित मानिन्छ । अल्ट्रासाउण्डबाट निम्न रोगको पहिचान गर्न सकिन्छ । पित्तको थैली - पत्थरी -इन्फेक्सन - हिलो (स्लज) - क्यान्सर - प्वाल मिर्गौला - पत्थरी - मिर्गौलामा जमेको पानी -मिर्गौला ड्यामेज - मिर्गौलामा पलाएको मासु टयूमर युरिनरी व्लाडर -संक्रमण -वाक्लोपना - मासु पलाएको - रगत जमेको - ब्लक आदि । कलेजो - कलेजोमा जमेको बोसोको मात्रा - लिभर सिरोसिस - लिभरका रोग प्यांँक्रियाज मधुमेह भएका व्यक्तिहरुको प्यांक्रियाजको अवस्था र प्याँक्रियाज सुन्निएको आदि अल्ट्रासाउण्डबाट पत्ता लगाउन सकिन्छ । पेट -पेटमा जमेको पानीको अवस्था -कब्जियत थायराइडको समस्या टेस्टिजको रोग मस्कुलर जोर्नीको समस्या गर्भमा भएका बच्चाको मुटुको इको गरेर मुटुको अवस्था गर्भावस्था गर्भमा रहेका बच्चाको अवस्था हेर्ने प्रभावकारी माध्यम अल्ट्रासाउण्ड मानिन्छ । जापानलगायतका विकसित मुलुकमा एकपटकको गर्भावस्थामा १०—१५ पटक अल्ट्रासाउण्ड गरेर गर्भको बच्चाको अवस्था हेर्ने प्रचलन छ । तर नेपालमा एक पटकको गर्भावस्थामा १ देखि अधिकतम ३ पटकसम्ममात्र अल्ट्रासाउण्ड गर्ने प्रचलन छ । एकपटकको गर्भावस्थामा बच्चा नजन्मेसम्म न्यूनतम ३ पटकसम्म अल्ट्रासाउण्ड गर्न राम्रो मानिन्छ । शुरुको गर्भमा बच्चा रहँदा अल्ट्रासाउण्ड गर्न सकिन्छ । त्यसपछि १८—२२ हप्तामा अल्ट्रासाउण्डबाट गरिने एनामाली एकदमै महत्वपूर्ण हुन्छ । यो बेला बच्चाको हात, खुट्टाको अवस्था, मुख, ढाड, आँखाको अवस्था, मिर्गौलाको अवस्था यो बेला गरिने अल्ट्रासाउण्डबाट स्पष्ट देख्न सकिन्छ । बच्चा जन्मिसकेपछि पूर्ण मानसिक अवस्था कस्तो हुन्छ ? भन्ने कुरा अल्ट्रासाउण्डबाट पत्ता लगाउन सकिदैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्