नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीहरूको उपचारसँग सम्बन्धित परीक्षण सिफारिस गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले संघीय अस्पतालहरू र प्रतिष्ठानहरूलाई पठाएको सूचनामा अबदेखि रेडियोलोजी, ल्याब परीक्षण वा अन्य कुनै चिकित्सकीय परीक्षण सिफारिस गर्दा सम्बन्धित चिकित्सकको पूरा नाम, विशेषज्ञताको विवरण, नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर, साथै हस्ताक्षर र छापसमेत उल्लेख गर्नुपर्नेछ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, यस कदमबाट बिरामीको उपचार प्रक्रियामा स्पष्टता र सहजता आउने, साथै अनावश्यक परीक्षण तथा अस्पतालबाहिर पठाउने प्रवृत्तिमा रोक लगाउने अपेक्षा गरिएको छ।
हालसम्म परीक्षण सिफारिस गर्दा आवश्यक विवरण नसमेटिँदा बिरामीको उपचारमा ढिलाइ, भ्रम तथा त्रुटिहरू हुने समस्या देखिएको थियो। अब भने चिकित्सकहरू आफ्नो जिम्मेवारीप्रति अझ उत्तरदायी हुने विश्वास लिइएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सार्वजनिक अस्पतालहरूको सेवा सुधारलाई प्राथमिकतामा राख्दै आएका छन्। यो नयाँ व्यवस्था पनि सेवा गुणस्तरमा सुधार ल्याउने उद्देश्यअनुसार ल्याइएको उनको निजी सचिवालयले जनाएको छ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
