नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य बीमासम्बन्धी नियमावलीमा महत्वपूर्ण संशोधन गर्दै नागरिकका लागि सेवा लिन सजिलो हुने व्यवस्था गरेको छ। अबदेखि बीमाको सुविधा पाउन पहिलो सेवा विन्दुबाट रेफर लिनुपर्ने बाध्यता हटाइएको छ।
अहिलेसम्म, यदि कसैले आफ्नो गाउँ वा नगरको अस्पताललाई बीमाको पहिलो विन्दु तोकेको भए र पछि उसले अन्य शहरमा, जस्तै काठमाडौंमा, उपचार गराउनु परेमा पहिले तोकेको अस्पतालबाट रेफर लिने अनिवार्यता थियो। यो झन्झटपूर्ण व्यवस्थामाथि लामो समयदेखि आलोचना हुँदै आएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका अनुसार, नागरिकको यिनै समस्यालाई सम्बोधन गर्दै बीमा प्रणाली व्यवहारिक बनाउन नयाँ नियम ल्याइएको हो। अब देशको जुनसुकै स्थानमा बीमा गरिए पनि, बीमाको सुविधा भएका कुनै पनि अस्पतालमा उपचार गर्न पाइनेछ—रेफरको झन्झट बिना।
यसका अतिरिक्त, बीमा गरेपछि सेवा पाउन तीन महिना कुर्नु पर्ने पुरानो व्यवस्था पनि अब अन्त्य भएको छ। अब एक महिनाभित्रै सेवा लिन सकिनेछ, जसले गर्दा नागरिकको पहुँच अझ सहज र छिटो हुनेछ।
सरकारले अब सबै स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु स्थापना गर्ने तयारी गरेको छ। अघिल्लो व्यवस्थामा बीमा त थियो, तर सबै ठाउँमा सेवा सुरु गर्ने अस्पताल नहुँदा सेवाग्राहीलाई अप्ठ्यारो परिरहेको थियो।
मन्त्री पौडेलको सचिवालयको भनाइ अनुसार, यस्ता सुधारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउने र नागरिकलाई आफ्नै क्षेत्रमै उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

