नेपाल हेल्थ न्युज, तनहुँ । शुक्लागण्डकी नगरपालिकामा मिर्गौला पीडितलाई लक्षित गर्दै डायलासिस सेवा सुरु गरिएको छ। अब यस क्षेत्रका बिरामीलाई उपचारका लागि दमौली वा पोखरा पुग्नुपर्ने झन्झट हटेको छ।
शुक्लागण्डकी–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको डायलासिस युनिटको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुभयो। सेवा सुरु भएसँगै ३० जना बिरामीले नाम दर्ता गरिसकेका छन् भने केन्द्रमा हाल सात वटा मेसिन सञ्चालनमा छन्।
यस परियोजना सफल बनाउन शुक्लागण्डकी नगरपालिका, स्वास्थ्य मन्त्रालय, विभिन्न लायन्स क्लब तथा स्थानीय संघसंस्थाले सहकार्य गरेका छन्। डायलासिस सेवा सुरु भएसँगै भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ र स्याङ्जाको हरिनास जस्ता क्षेत्रका मिर्गौला रोगीले सहज उपचार पाउनेछन्।
यसअघि जिल्लामा सीमित ठाउँमा मात्र यस्तो सेवा उपलब्ध थियो, जसले गर्दा बिरामीलाई पालो कुर्नुपरेको थियो। अब, जिपी कोइराला केन्द्रले स्थानीय तथा छिमेकी जिल्लाका बासिन्दालाई समेत सेवा दिन सक्नेछ।
सरकारले यस केन्द्रलाई दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचारस्थलका रूपमा विकास गर्ने योजना बनाएको छ, र यसका लागि ठूलो क्षेत्रफलमा जग्गा समेत उपलब्ध गराइएको छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

