नेपालप हेल्थ न्युज, काठमाडौं । आवासीय चिकित्सकहरूले सरकारी सेवामा कार्यरत चिकित्सक सरह भत्ता उपलब्ध गराउनुपर्ने मागसहित सुरु गरेको आन्दोलनबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग छलफल चलिरहेको छ।
नेपाल चिकित्सक संघका पदाधिकारीहरू र आन्दोलनरत आवासीय चिकित्सकहरूको प्रतिनिधिमण्डल बिहीबार मन्त्रालय पुगेर मन्त्री पौडेलसँग वार्ता गरिरहेका हुन्।
सरकारले केही दिनअघि मन्त्रिपरिषदबाट मेडिकल कलेजहरूमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरे पनि, कार्यान्वयनमा ढिलाइ भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। साथै, केही निजी मेडिकल कलेजहरूले चिकित्सकहरूलाई धम्की दिएको र कलेज प्रवेशमै रोक लगाएको गुनासो चिकित्सकहरूले गरेका छन्।
काठमाडौं मेडिकल कलेजका डा. अनिल कार्कीका अनुसार, केही कलेज सञ्चालकहरूले माफी माग्न दबाब दिएको भन्दै चिकित्सकहरू थप तनावमा परेका छन्।
संघ र चिकित्सकहरूको प्रतिनिधिमण्डलले मन्त्रीसमक्ष आफ्ना माग राख्दै, सबै चिकित्सकले सम्मानका साथ पुनः कार्यमा फर्किन सक्ने वातावरण सरकारले सुनिश्चित गरिदिनुपर्ने आग्रह गरेका छन्।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
