नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण नीतिगत निर्णयहरू ल्याएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत महिलाहरूमा देखिने पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने घोषणा गरिएको छ। साथै, १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा उपलब्ध गराइनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने सरकारको प्राथमिकता स्पष्ट पार्नुभयो। उहाँका अनुसार हरेक वर्ष फागुन महिनालाई नसर्ने रोग परीक्षण (स्क्रिनिङ) महिना घोषणा गरी विशेष जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ। यससँगै क्यान्सर र मिर्गौला प्रत्यारोपणसम्बन्धी सेवा प्रदेश स्तरमा विस्तार गरिने छ।
दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै, जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
स्वास्थ्य पूर्वाधार सुदृढ गर्न अत्याधुनिक प्रविधिसहितको न्यूरो साइन्स केन्द्र स्थापना गर्ने योजना समेत सरकारले अघि सारेको छ, जसबाट जटिल मस्तिष्कसम्बन्धी रोगहरूको उपचार सहज हुने अपेक्षा गरिएको छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

