नेपाल हेल्थ न्युज, दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक समस्या देखाउँदै स्वास्थ्य बीमा अन्तर्गतका केही सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानले जानकारी दिएअनुसार राष्ट्रिय स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नपाएको कारणले वित्तीय कठिनाइको सामना गर्नु परिरहेको छ, जसका कारण आगामी जेठ १ गतेदेखि बीमित सेवाग्राहीका लागि केवल आकस्मिक सेवा र आकस्मिक शल्यक्रिया मात्र उपलब्ध हुनेछन्।
जारी गरिएको सूचनामा उल्लेख छ कि आकस्मिक अवस्थाबाहेक अन्य सबै शल्यक्रिया फिलहाल स्थगित रहने छन्। साथै, पहिले तीन महिनाका लागि दिइने औषधि अब एक महिनाको मात्र उपलब्ध गराइने छ।
स्वास्थ्य बीमा अन्तर्गत हुने प्रयोगशाला परीक्षण सेवामा पनि कटौती गरिएको छ। अबदेखि केवल छातीको एक्सरे, ईसीजी, एचआईभी परीक्षण, रगत समूह परीक्षण लगायत १२ प्रकारका परीक्षणहरू मात्र गरिने प्रतिष्ठानले जनाएको छ।
सेवा लिने अघि बीमित व्यक्तिहरूले कुन सेवा बीमा योजनामा पर्छ परदैन भन्ने स्पष्ट जानकारी लिएर मात्र सेवा लिन प्रतिष्ठानले अनुरोध गरेको छ।
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

