नेपाल हेल्थ न्युज, चितवनमा तीन दिनसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन समापन भएको छ। चितवन मेडिकल कलेजमा बिहीबारदेखि शनिबारसम्म चलेको सम्मेलनले नेपालमा मानसिक स्वास्थ्यका सेवा र त्यससँग जोडिएका चुनौतीहरूबारे गहिरो छलफल गरेको छ।
सम्मेलनमा नेपाल तथा विभिन्न मुलुकबाट आएका २ सयभन्दा बढी विज्ञ र क्षेत्रका पेशेवरहरूको सक्रिय सहभागिता थियो। कार्यक्रममा १०० जति कार्यपत्र प्रस्तुत गरिए भने १३ वटा प्यानल छलफल पनि सञ्चालन गरिए।
मनोस्वास्थ्यसम्बन्धी वर्तमान अवस्थाको मूल्यांकन गर्दै सम्मेलनले पाँच प्रमुख चुनौतीहरू औँल्याएको छ। यिनमा सेवाको गुणस्तरमा कमी, समस्याबाट ग्रस्त व्यक्तिहरूमाथिको भेदभाव, आवश्यक विज्ञहरूको कमी, सेवा प्रदायकहरूकै मानसिक अवस्था र जनशक्ति पलायन, तथा सरकार र संस्थाहरूको प्रयासबीचको समन्वय अभाव उल्लेखनीय छन्।
यी जटिलताहरूलाई सम्बोधन गर्न सम्मेलनले आठवटा प्रतिबद्धता सार्वजनिक गरेको छ। यसमा सरकारका सबै तह, गैरसरकारी निकाय, समुदाय, अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारहरूबीच समन्वय, स्रोत परिचालन, सचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार, कार्यबल विकास र शिक्षा अनुसन्धानको साझेदारी जस्ता विषयमा सहकार्यको आह्वान गरिएको छ।
बालकदेखि ज्येष्ठ नागरिकसम्मका वर्गलाई लक्षित गर्दै दीर्घकालीन दृष्टिकोणमा मानसिक स्वास्थ्यलाई सामाजिक न्याय र समानताको दृष्टिकोणबाट हेर्नुपर्ने सम्मेलनको निष्कर्ष थियो।
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

