नेपाल हेल्थ न्युज, काठमाडौं । अब स्वास्थ्य बीमा नविकरण प्रक्रिया सजिलो र डिजिटल बनाइएको छ। स्वास्थ्य बीमा बोर्डले अब मोबाइल वालेटजस्तै इसेवा, खल्ती र कनेक्ट आइपीएसमार्फत बीमा नविकरण गर्न सकिने सुविधा उपलब्ध गराएको छ।
नागरिक एपमा आफ्नो बीमा खाता लिंक गरेर मोबाइलमै बसेर नविकरण गर्न सकिने व्यवस्था मिलाइएको छ। यसबाट सेवाग्राहीलाई सेवा केन्द्र धाउनुपर्ने झन्झट हट्नेछ र आफ्नै समयअनुसार भुक्तानी गर्न सकिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा बीमा सेवामा सुधार ल्याउने उद्देश्यसहित नयाँ नियमहरू कार्यान्वयनमा ल्याइएको छ। पहिले बीमा दर्ता गरेपछि सेवा लिन कम्तीमा तीन महिना कुर्नु पर्ने अवस्था थियो, तर अब यो अवधि घटाएर एक महिनामा झारिएको छ।
यसअघि पनि अनलाइन नविकरणको योजना बनाइएको थियो, तर व्यवहारमा लागू गरिएको थिएन। सूचना अधिकारी विकेस मल्लका अनुसार, अब यो सेवा प्रयोग गर्न मिल्ने भएकाले धेरै नागरिकले तुरुन्तै नविकरण गर्न सक्नेछन्।
बोर्डले यो सुविधाबाट नविकरण दरमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेको छ, किनभने पहिले एजेन्टमार्फत मात्र प्रक्रिया सम्भव हुँदा सेवाग्राहीलाई कठिनाइ हुन्थ्यो।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

