नेपाल हेल्थ न्युज, उदयपुर जिल्ला अस्पतालमा कार्यरत रेडियोलजिष्ट डा. दिपेश यादवमाथि अस्पतालमै अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो अस्पतालको नियमित चिया खाजा समयमा एक युवक अस्पताल पुगेर डा. यादवको कार्यकक्षमा प्रवेश गर्दा ढोका लात्ती प्रहार गर्दै जबर्जस्ती छिरेर दुर्व्यवहार गरेको आरोप लागेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, चौदण्डीगढी नगरपालिका–९ का ३३ वर्षीय देवराज विष्टले चिकित्सकसँग कर्कश व्यवहार गरेका थिए। प्रहरीका अनुसार, डाक्टर खाजा खान गएको समयमा भेट नभएपछि विष्ट आक्रोशित भएका थिए र डाक्टर फर्किएलगत्तै दुव्र्यवहार गरेका थिए।
घटनापछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ। प्रहरीले विष्टलाई सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ भने, अभद्र व्यवहारसम्बन्धी मुद्दा अदालतमा दर्ता गरिएको छ।
यो घटनापछि जिल्ला अस्पतालमा कार्यरत १३ जना चिकित्सकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। साथै, स्वास्थ्य सेवा प्रदायकहरूको सुरक्षाका लागि बनेको ऐन २०६६ पहिलो संशोधन २०७९ को दफा ३ को (ग) बमोजिम कारबाही गर्न माग गरेका छन्
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
