नेपाल हेल्थ न्युज, चितवन । रेबिज संक्रमणका कारण इच्छाकामना गाउँपालिका–२ निवासी ३२ वर्षीय मीनबहादुर प्रजाको निधन भएको छ। केही महिनाअघि कुकुरको टोकाइबाट संक्रमित भएका प्रजा उपचारमा ढिलाइ भएपछि ज्यान गुमाउन पुगेका हुन्।
प्रजाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पीडित प्रजा बुधबार मात्रै अस्पताल भर्ना भएका थिए, तर संक्रमण गम्भीर भइसकेको अवस्थामा आएपछि उपचार सफल हुन सकेन।
कुकुरले टोकेको केही समयपछि पनि प्रजाले तत्काल खोप लगाउने वा अन्य आवश्यक सावधानी नअपनाएको अनुमान गरिएको छ। रेबिज एक घातक भाइरल संक्रमण हो, जुन प्रायः संक्रमित जनावरको टोकाइबाट मानिसमा सर्ने गर्छ। समयमै उपचार नगरेमा यो संक्रमण प्राणघातक बन्न सक्छ।
स्वास्थ्यकर्मीहरूले रेबिजको जोखिमलाई गम्भीर रूपमा लिन सुझाव दिनुभएको छ। कुकुर वा अन्य जनावरको टोकाइ भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जानु र आवश्यक खोप लगाउनु अत्यावश्यक हुने उहाँहरूको भनाइ छ।
यो घटनाले ग्रामीण भेगमा अझै पनि रेबिजबारे चेतनाको अभाव रहेको तथा समयमै उपचार नपाउँदा जनजीवन कति जोखिममा पर्न सक्छ भन्ने स्पष्ट संकेत दिएको छ। रासस
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
