नेपाल हेल्थ न्युज, चितवन । रेबिज संक्रमणका कारण इच्छाकामना गाउँपालिका–२ निवासी ३२ वर्षीय मीनबहादुर प्रजाको निधन भएको छ। केही महिनाअघि कुकुरको टोकाइबाट संक्रमित भएका प्रजा उपचारमा ढिलाइ भएपछि ज्यान गुमाउन पुगेका हुन्।
प्रजाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पीडित प्रजा बुधबार मात्रै अस्पताल भर्ना भएका थिए, तर संक्रमण गम्भीर भइसकेको अवस्थामा आएपछि उपचार सफल हुन सकेन।
कुकुरले टोकेको केही समयपछि पनि प्रजाले तत्काल खोप लगाउने वा अन्य आवश्यक सावधानी नअपनाएको अनुमान गरिएको छ। रेबिज एक घातक भाइरल संक्रमण हो, जुन प्रायः संक्रमित जनावरको टोकाइबाट मानिसमा सर्ने गर्छ। समयमै उपचार नगरेमा यो संक्रमण प्राणघातक बन्न सक्छ।
स्वास्थ्यकर्मीहरूले रेबिजको जोखिमलाई गम्भीर रूपमा लिन सुझाव दिनुभएको छ। कुकुर वा अन्य जनावरको टोकाइ भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जानु र आवश्यक खोप लगाउनु अत्यावश्यक हुने उहाँहरूको भनाइ छ।
यो घटनाले ग्रामीण भेगमा अझै पनि रेबिजबारे चेतनाको अभाव रहेको तथा समयमै उपचार नपाउँदा जनजीवन कति जोखिममा पर्न सक्छ भन्ने स्पष्ट संकेत दिएको छ। रासस
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
