नेपाल हेल्थ न्युज, काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ। यस अस्पतालमा अबदेखि पञ्चकर्म तथा क्षारसुत्र जस्ता पारम्परिक विधिलाई अझ प्रभावकारी बनाउन शल्यक्रिया समेत समावेश गरिएको छ।
अस्पतालका प्रमुख डा. नारायण आचार्यका अनुसार, करिब दश लाख रुपैयाँ लगानीमा नयाँ शल्यक्रिया कक्ष निर्माण गरिएको हो। शल्यक्रिया कक्षसहित बिरामी राख्न आवश्यक श्यया पनि तयार पारिएको छ। प्रारम्भिक चरणमा साप्ताहिक रूपमा एकदिन शल्यक्रिया गरिनेछ भने माग अनुसार सेवा विस्तार गर्ने योजना छ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको उद्घाटन गर्दै नगरपालिकाले एलोपेथी र आयुर्वेद दुबै उपचार प्रणालीलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको बताउनुभयो। उहाँका अनुसार स्वस्थ नगर, स्वस्थ नगरवासी अभियान अन्तर्गत यसखालको स्वास्थ्य सेवा प्राथमिकतामा परेको छ।
वडाध्यक्ष प्रल्हाद रिजालले अस्पतालको सेवा विस्तार क्रमशः अघि बढाइने जानकारी दिनुभयो। कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडा नं १५ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्रीलगायतको उपस्थिति थियो।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले योजनाबद्ध तरिकाले सेवा विस्तार गरिने र नगरले यसमा उच्च प्राथमिकता दिएको बताउनुभयो।
अस्पतालले हाल दैनिक रूपमा ओपिडी सेवा र साप्ताहिक विशेषज्ञ सेवा प्रदान गरिरहेको छ। पञ्चकर्मका पाँच विधि — वमन, बिरेचन, वस्ति, नस्य र रक्तमोक्षण — अन्तर्गत पूर्वकर्म सेवा, साथै पाइल्स, फिस्टुला र फिसरजस्ता रोगको शल्यक्रिया पनि हुने डा. आचार्यले जानकारी दिनुभयो।
अस्पतालमा जडीबुटी उद्यानसमेत रहेको छ भने समुदायमा स्वच्छता, प्राथमिक उपचार र स्वास्थ्य शिक्षा सम्बन्धी अभिमुखिकरण तथा मोबाइल हेल्थ शिविर सञ्चालन भइरहेका छन्। आगामी दिनमा सेवा थप व्यवस्थित र गुणस्तरीय बनाउने योजना रहेको डा. आचार्यको भनाइ छ। रासस
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
