नेपाल हेल्थ न्युज,काठमाडौं । कोभिड–१९ को सङ्क्रमण फेरि तीव्र रुपमा बढ्न थालेको देखिएको छ । पछिल्लो एक सातामा हङकङमा मात्र संक्रमण ३० प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् । चीन र थाइल्याण्डमा पनि स्थिति उस्तै देखिएको छ ।
हङकङमा १० मे २०२५ को एक साता अघिसम्म १,०४२ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो सातामा यो सङ्ख्या ९७२ मात्र थियो । मार्चको पहिलो साता भने संक्रमितको सङ्ख्या ३३ मात्र रहेको थियो । त्यस यता संक्रमण दरमा निरन्तर वृद्धि हुँदै आएको छ ।
पोजेटिभिटी दर (संक्रमण दर) पनि उल्लेखनीय रूपमा बढेको छ । १ मार्च अगाडि यो दर ०.३१ प्रतिशत मात्र थियो भने ५ अप्रिलसम्म बढेर ५.०९ प्रतिशत पुगेको थियो । १० मे अघिको सातामा यो दर झन् बढेर १३.६६ प्रतिशत पुगेको रिपोर्ट गरिएको छ ।
सिंगापुरमा पनि यस्तै अवस्था देखिएको छ । २७ अप्रिल अघिको साता ११,१०० जना संक्रमित देखिएका थिए भने ३ मेसम्म यो संख्या १४,२०० मा पुगेको छ, जसअनुसार संक्रमण एक सातामा करिब ३० प्रतिशतले बढेको हो ।
अस्ट्रेलियामा समेत संक्रमणको उपस्थिति देखिएको छ । हालैको इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा अस्ट्रेलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड–१९ बाट संक्रमित भएका छन् । संक्रमणका कारण उनी आईपीएलमा ढिलो फर्किने भएका छन्, भनी सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जानकारी दिएका छन् ।
यस्ता रिपोर्टहरूले देखाउँछ कि कोभिड–१९ को जोखिम अझै समाप्त भइसकेको छैन, सावधानी अपनाउनुपर्ने आवश्यकता अझै यथावत छ ।
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३

