नेपाल हेल्थ न्युज,काठमाडौं । कोभिड–१९ को सङ्क्रमण फेरि तीव्र रुपमा बढ्न थालेको देखिएको छ । पछिल्लो एक सातामा हङकङमा मात्र संक्रमण ३० प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् । चीन र थाइल्याण्डमा पनि स्थिति उस्तै देखिएको छ ।
हङकङमा १० मे २०२५ को एक साता अघिसम्म १,०४२ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो सातामा यो सङ्ख्या ९७२ मात्र थियो । मार्चको पहिलो साता भने संक्रमितको सङ्ख्या ३३ मात्र रहेको थियो । त्यस यता संक्रमण दरमा निरन्तर वृद्धि हुँदै आएको छ ।
पोजेटिभिटी दर (संक्रमण दर) पनि उल्लेखनीय रूपमा बढेको छ । १ मार्च अगाडि यो दर ०.३१ प्रतिशत मात्र थियो भने ५ अप्रिलसम्म बढेर ५.०९ प्रतिशत पुगेको थियो । १० मे अघिको सातामा यो दर झन् बढेर १३.६६ प्रतिशत पुगेको रिपोर्ट गरिएको छ ।
सिंगापुरमा पनि यस्तै अवस्था देखिएको छ । २७ अप्रिल अघिको साता ११,१०० जना संक्रमित देखिएका थिए भने ३ मेसम्म यो संख्या १४,२०० मा पुगेको छ, जसअनुसार संक्रमण एक सातामा करिब ३० प्रतिशतले बढेको हो ।
अस्ट्रेलियामा समेत संक्रमणको उपस्थिति देखिएको छ । हालैको इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा अस्ट्रेलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड–१९ बाट संक्रमित भएका छन् । संक्रमणका कारण उनी आईपीएलमा ढिलो फर्किने भएका छन्, भनी सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जानकारी दिएका छन् ।
यस्ता रिपोर्टहरूले देखाउँछ कि कोभिड–१९ को जोखिम अझै समाप्त भइसकेको छैन, सावधानी अपनाउनुपर्ने आवश्यकता अझै यथावत छ ।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
