नेभिगेशन

आज लागूऔषध दुरुपयोग विरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ? कुन उमेरका बढी संलग्न छन् ?

नेपाल हेल्थ न्युज, काठमाडौं । लागूऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज नेपालमा “बन्धन तोडौं – सबैका लागि रोकथाम, उपचार र पुनःस्थापना” भन्ने नारासहित कार्यक्रमहरू मनाइँदै छ।

नेपाल लागूऔषध नियन्त्रण तथा उपचारमा निरन्तर कदम चालिरहेको छ, तर नयाँ तथ्याङ्कले यो देखाउँछ कि अझै चुनौतिहरू व्यापक छन्। नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार, देशमा १,३०,४२४ जना लागु औषध प्रयोगकर्ता रहेका छन्, जुन २०६९ को सर्वेक्षणमा रहेका ९१,५३४ जनाभन्दा उल्लेख्य बढेको संख्या हो। यसले वार्षिक ५.०६ प्रतिशतको वृद्धिदर संकेत गर्दछ।

यस सर्वेक्षणका अनुसार, लागुऔषध प्रयोगकर्तामध्ये १५-४९ वर्षका युवाहरू प्रमुख रूपमा प्रभावित छन्। पुरुष र महिला दुबै समूहमा २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी छन्। त्यस्तै, लागुऔषध प्राप्तिका स्रोतमा साथीहरूबाट प्राप्त गर्ने ६७.७५ रहेको छ, जसले सामाजिक सञ्जाल र साथीहरूको भूमिका प्रबल देखाउँछ।

नेपालको लागु औषध नियन्त्रण ऐन, २०३३ ले कडा कानूनी व्यवस्था गरी लागूऔषध उत्पादन, बिक्री, सेवन लगायतका गैरकानूनी कार्यलाई दण्डनीय बनाएको छ। गाँजा, अफीम र कोकाको खेती तथा व्यापारमा कडा सजाय तोकिएको छ जसले अवैध कारोबारमा संलग्न व्यक्तिलाई तीन महिना देखि जन्मकैदसम्मको सजाय र जरिवाना फरक–फरक रकममा तोकेको छ।

लागु औषध सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ। शारीरिक रूपमा  हेपाटाइटिस, यौनजन्य रोग, तौल घट्नु, ओभरडोज जोखिम बढ्नु जस्ता समस्या देखिन्छन्। मानसिक असरमा डिप्रेसन, स्मरणशक्ति कम हुनु र आत्महत्या प्रवृत्ति बढ्नु पर्दछ। पारिवारिक र सामाजिक रूपमा असमझदारी, चोरी, झगडा र अनैतिक गतिविधिहरूमा संलग्नता बढ्ने देखिएको छ।

सरकारले लागूऔषध दुरुपयोग नियन्त्रणमा रोकथाम, उपचार र पुनःस्थापना कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छ। “बन्धन तोडौं” नाराले पनि यसै उद्देश्यलाई जोड दिएको छ — लागुऔषधको दुष्प्रभावबाट प्रभावित सबैलाई न्यायोचित उपचार र पुनःस्थापना सुनिश्चित गर्न।

आजको दिनलाई अवसर बनाउँदै, सबै तहका नागरिक, संस्था र सरकारबीच सहकार्य गरी लागुऔषध नियन्त्रण र स्वस्थ समाजको निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

लागु औषध कसरी सेवन गरिन्छ?

druge-history-1750917564.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रितम थापा स्वास्थ्य पत्रकारिता गर्नुहुन्छ ।

थप हेल्थ अपडेट