नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो केही दिनयता विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा एञ्जल फर्टिलिटी क्लिनिक र यस क्लिनिकसँग आवद्ध केही स्वास्थ्यकर्मीलाई नेपाल प्रहरीको अनुसन्धानमा परेका केही अन्य फर्टिलिटी क्लिनिकहरूसँग जोड्दै गरिएको समाचारप्रति क्लिनिकले कडा आपत्ति जनाएको छ।
क्लिनिकले एक प्रेस विज्ञप्ति जारी गर्दै, हाल प्रचारमा आएका समाचारहरू पूर्णरूपमा झूटा, तथ्यविहीन र भ्रामक रहेको प्रष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो एकजना कर्मचारीले उमेर नपुगेका किशोरीलाई अन्य क्लिनिकमा अण्डा दाताको रूपमा पठाएको भन्ने आरोप पूर्णतः गलत र प्रमाणविहीन हो।”
एञ्जल फर्टिलिटी क्लिनिकले आफू कुनै पनि अनैतिक वा गैरकानुनी गतिविधिमा संलग्न नभएको स्पष्ट गर्दै भनिएको छ, “क्लिनिक र यससँग सम्बन्धित कुनै पनि व्यक्ति वा पक्षको हाल चर्चामा आएका घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सरोकार छैन। समाचारमा उल्लेख गरिएका पीडित वा उनीहरूका प्रतिनिधिहरू हाम्रो क्लिनिकमा कहिल्यै आएका छैनन्।”
विगत लामो समयदेखि गुणस्तरीय, नैतिक र कानुनी मापदण्डमा आधारित स्वास्थ्य सेवा दिँदै आएको क्लिनिकले आफ्नो प्रतिष्ठामा आघात पुर्याउने गलत समाचारको तुरुन्त खण्डन गर्दै यसबारे सञ्चारमाध्यमहरूसँग समन्वय गरी स्पष्टीकरण मागिसकेको जनाएको छ।
“हामीले सम्बन्धित निकायहरूसँग सम्पर्क गरिसकेका छौं र यस्ता समाचार सच्याउन पहल भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ। क्लिनिकले आम सञ्चारमाध्यमलाई तथ्य र प्रमाणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दै भनेको छ, “अनावश्यक रूपमा भ्रम सिर्जना हुने, संस्थाको प्रतिष्ठा धुमिल हुने कार्यप्रति हामी गम्भीर छौं।”
क्लिनिकले आम नागरिक र बिरामीहरूलाई कुनै पनि भ्रम वा शंका भएमा प्रत्यक्ष सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
