नेपाल हेल्थ न्युज, नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेह (टाइप १) को परीक्षण तथा उपचार निःशुल्क गर्ने तयारी भइरहेको बताउनुभएको छ। गैँडाकोटमा आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा बोल्दै उहाँले सातै प्रदेशमा सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो।
मन्त्री पौडेलले बालबालिकामा मधुमेह हुन सक्नेप्रति जनचेतना आवश्यक रहेको बताउनुभयो। “बुढेसकालमै मधुमेह लाग्छ भन्ने धारणा गलत हो,” उहाँले भन्नुभयो, “बालमै यो रोग देखिन थालेको छ।” उहाँले वंशानुगत रोगसहित अन्य बालमैत्री कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
डिजिटल उपकरणको अत्यधिक प्रयोगले पनि बालबालिकाको स्वास्थ्यमा असर पारेको भन्दै उहाँले अभिभावक तथा समाजलाई सतर्क हुन आग्रह गर्नुभयो। मन्त्री पौडेलले वृद्धवृद्धा र बालबालिकाको उपचार खर्च राज्यले बहन गर्नुपर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका डा. सुशील कोइरालाले बालबालिकामा देखिने ‘टाइप १ मधुमेह’ बारे जानकारी दिनुभयो। यो अवस्थामा शरीरले इन्सुलिन उत्पादन नगर्ने भएकाले जीवनभर सुइमार्फत इन्सुलिन दिनुपर्ने उहाँले बताउनुभयो। हाल नेपालमा करिब ६०० टाइप १ मधुमेह पीडित बालबालिका सूचीकृत छन् भने अझै धेरै उपचारबिना रहेको अनुमान छ।
कार्यक्रममा पीडित बालबालिकाले आफ्ना अनुभव साझा गरेका थिए। विजय विकास स्रोत केन्द्रको ४७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई गैँडाकोट अस्पताल र क्वेस्ट फर्मास्युटिकल्सले प्राविधिक सहयोग गरेका थिए।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
