नेपाल हेल्थ न्युज, काठमाडौं। देशभरका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिका आकांक्षीमध्येबाट सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली, बीपी कोइराला, पाटन तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि अगाडि बढाएको प्रक्रियाअनुसार कार्ययोजना प्रस्तुत र मूल्यांकनका आधारमा प्रत्येक प्रतिष्ठानका लागि ६ जनाको नाम सिफारिस सूचीमा समावेश गरिएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिको कार्यक्रम साउन २२ र २३ गतेका लागि तय गरिएको छ।
निर्धारित तालिकाअनुसार, साउन २२ गते बिहान ९ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उम्मेदवारहरूको अन्तर्वार्ता हुनेछ भने सोही दिन दिउँसो २ बजे पोखरा प्रतिष्ठानका आकांक्षीहरूको अन्तर्वार्ता तोकिएको छ।
यस्तै, साउन २३ गते बिहान ९ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दिउँसो २ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुति हुने बताइएको छ।
मन्त्रालय स्रोतका अनुसार, सिफारिस सूचीमा परेका उम्मेदवारहरू विभिन्न स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक तथा शैक्षिक नेतृत्वदायी भूमिकामा सक्रिय व्यक्तित्वहरू रहेका छन्। अन्तर्वार्ता र कार्ययोजना मूल्यांकनपछि योग्य उम्मेदवारहरूलाई उपकुलपति पदमा नियुक्त गरिनेछ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
