नेपाल हेल्थ न्युज, काठमाडौं । अबदेखि घरमै बसेर स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र पहुँचयोग्य बनाउन यस्तो सेवा सुरु गरिएको हो।
स्वास्थ्य बीमा पहिले गरिसकेका तर नवीकरण नगरेका व्यक्तिहरूले २०८२ साल असोज ३१ गतेसम्म पुनः नवीकरण गरेमा यसपटक थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ। नवीकरण प्रक्रिया ई–सेवा, खल्ती, कनेक्ट–आइपीएस वा नजिकको दर्ता सहयोगीको माध्यमबाट सहजै गर्न सकिन्छ।
बोर्डले दिएको जानकारीअनुसार तोकिएको समयभित्र नवीकरण नगरेमा अतिरिक्त रकम तिर्नुपर्नेछ। तीन महिनासम्म नवीकरण नगरेमा एक प्रतिशत जरिवाना लाग्नेछ भने त्यसपछिका दिनमा ढिलो गरेअनुसार थप शुल्क लाग्ने व्यवस्था गरिएको छ।
बोर्डले सबै बीमित व्यक्तिहरूलाई समयमै नवीकरण गर्न अनुरोध गरेको छ, ताकि स्वास्थ्य सेवा सहज रूपमा निरन्तर पाउन सकियोस्।

बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
