नेपाल हेल्थ न्युज, काठमाडौं । अबदेखि घरमै बसेर स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र पहुँचयोग्य बनाउन यस्तो सेवा सुरु गरिएको हो।
स्वास्थ्य बीमा पहिले गरिसकेका तर नवीकरण नगरेका व्यक्तिहरूले २०८२ साल असोज ३१ गतेसम्म पुनः नवीकरण गरेमा यसपटक थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ। नवीकरण प्रक्रिया ई–सेवा, खल्ती, कनेक्ट–आइपीएस वा नजिकको दर्ता सहयोगीको माध्यमबाट सहजै गर्न सकिन्छ।
बोर्डले दिएको जानकारीअनुसार तोकिएको समयभित्र नवीकरण नगरेमा अतिरिक्त रकम तिर्नुपर्नेछ। तीन महिनासम्म नवीकरण नगरेमा एक प्रतिशत जरिवाना लाग्नेछ भने त्यसपछिका दिनमा ढिलो गरेअनुसार थप शुल्क लाग्ने व्यवस्था गरिएको छ।
बोर्डले सबै बीमित व्यक्तिहरूलाई समयमै नवीकरण गर्न अनुरोध गरेको छ, ताकि स्वास्थ्य सेवा सहज रूपमा निरन्तर पाउन सकियोस्।

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ प्रकारका औषधि, बिरामीलाई कस्तो असर पर्छ ?
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै आवासीय र इन्टर्न चिकित्सकले गरे आन्दोलनको घोषणा
बुधबार, साउन २७, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० स्टाफ नर्ससहित ४६ पदमा दरखास्त आह्वान
बुधबार, साउन २७, २०८३
१७ वर्षीया बालिकाको डिम्ब निकालिएको घटनाबारे सांसद सेञ्चुरीले गराइन् सरकारको ध्यानाकर्षण
बुधबार, साउन २७, २०८३
