नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आगामी मिति २०८२ साल कार्तिक २२ गते हुने परिषद् सदस्य पदको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। परिषद्को सार्वजनिक सूचनाअनुसार मतदाता नामावली परिषद्को सूचना पाटीमा टाँस गरिएको छ।
स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४(१)(च) तथा परिषद् नियमावली २०५६ को नियम २ को उपनियम (च), (छ), (ज) र (झ) साथै नियम २९ बमोजिम जनस्वास्थ्य, चिकित्सा, निदान तथा पुनस्थापना र विविध विषय समूहबाट एकरएक प्रतिनिधि चयन गर्ने गरी चार सदस्य पदमा निर्वाचन गरिन लागिएको हो।
उच्च अदालत पाटनको परमादेश र परिषद्को २०८२ साल वैशाख ६ गतेको निर्णयअनुसार सार्वजनिक सूचना वैशाख १४ गते प्रकाशित गरिएको थियो।
परिषद्ले सूचनामार्फत मतदाता नामावलीमा कसैको नाम छुटिएको भए परिषद्को अद्यावधिक/म्याद भएको नाम दर्ता प्रमाणपत्र सहित मिति २०८२ साल भाद्र ३१ गतेसम्म परिषद्को निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
साथै, परिषद्ले स्पष्ट पारेको छ कि नाम दर्ता प्रमाणपत्र अद्यावधिक नभएको स्वास्थ्य व्यवसायीहरू निर्वाचन प्रक्रियामा सहभागी हुन अयोग्य ठहरिने छन्।

चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
