नेपाल हेल्थ न्युज, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिकलाई सरकारी सेवासरह बनाउने निर्णयलाई चाँडो कार्यान्वयन गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पूर्व मन्त्री पौडेलले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूले पाउने तलब तथा सेवा सुविधामा अन्याय भइरहेको उल्लेख गरेका छन्।
उनका अनुसार, कर्मचारीहरूको निरन्तर गुनासोपछि सरकारले गत मंसिर २७ गते सबै निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी दररेटभन्दा कम नहुने गरी निर्णय गरेको थियो।
तर, पछिल्लो समय उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको जनाउँदै उनले स्वास्थ्य सेवा सफलतापूर्वक सञ्चालन गर्नमा संचालकसँगै स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गराएका छन्। साथै, सबै निजी क्षेत्रका स्वास्थ्य संस्था तथा मेडिकल कलेज सञ्चालकलाई उक्त निर्णय इमान्दारीपूर्वक लागू गर्न सहयोग गर्न अपिल गरेका छन्।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
