नेपाल हेल्थ न्युज, सुर्खेत । कालिकोटकी एक महिलाले उद्धारका क्रममा हेलिकोप्टरभित्रै शिशुको जन्म दिएकी छिन्। तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई तीन दिनदेखि सुत्केरी व्यथा लागेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान उद्धार गरिएको थियो।
उद्धारको क्रममा हेलिकोप्टरमै उनले बच्चा जन्माएकी थिइन्। तर प्रदेश अस्पताल कालागाउँ पुर्याउने क्रममा बाटैमा शिशुको मृत्यु भएको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाले जनाइन्।
चिलखाया स्वास्थ्य संस्थाकी अनमी तुलसी थापाका अनुसार खत्रीको अवस्था गम्भीर भएकाले उनीहरूलाई तत्काल रेफर गरिएको थियो। उनका अनुसार, खत्रीले यसअघि पनि सात महिनामै पहिलो सन्तान जन्माएकी थिइन्, तर जन्मिएको पाँच दिनमै शिशुको निधन भएको थियो।
यसपटक पनि सात महिनामै प्रसव पीडा सुरु भएपछि उनी उपचारका लागि पटक–पटक स्वास्थ्य संस्थामा पुग्दै आएकी थिइन्। अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत प्रदेश अस्पताल पठाइएको थियो।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
