नेपाल हेल्थ न्युज, सुर्खेत । कालिकोटकी एक महिलाले उद्धारका क्रममा हेलिकोप्टरभित्रै शिशुको जन्म दिएकी छिन्। तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई तीन दिनदेखि सुत्केरी व्यथा लागेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान उद्धार गरिएको थियो।
उद्धारको क्रममा हेलिकोप्टरमै उनले बच्चा जन्माएकी थिइन्। तर प्रदेश अस्पताल कालागाउँ पुर्याउने क्रममा बाटैमा शिशुको मृत्यु भएको अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाले जनाइन्।
चिलखाया स्वास्थ्य संस्थाकी अनमी तुलसी थापाका अनुसार खत्रीको अवस्था गम्भीर भएकाले उनीहरूलाई तत्काल रेफर गरिएको थियो। उनका अनुसार, खत्रीले यसअघि पनि सात महिनामै पहिलो सन्तान जन्माएकी थिइन्, तर जन्मिएको पाँच दिनमै शिशुको निधन भएको थियो।
यसपटक पनि सात महिनामै प्रसव पीडा सुरु भएपछि उनी उपचारका लागि पटक–पटक स्वास्थ्य संस्थामा पुग्दै आएकी थिइन्। अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत प्रदेश अस्पताल पठाइएको थियो।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
