नेपाल हेल्थ न्युज, काठमाडौं । सातवटै स्वास्थ्य सम्बन्धी विषय हेर्ने प्रदेश मन्त्रालयहरूले आफ्नो प्रदेशस्तरीय समीक्षा सम्पन्न गरेका छन् र समीक्षाबाट आएका मुख्य उपलब्धिहरू यस प्रकार रहेका छन् ।
कोशी प्रदेशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा व्यवस्थापन प्रणाली (एमएसएस) कार्यान्वयन सम्पन्न भएको छ । मधेश प्रदेशको प्रादेशिक प्रयोगशाला तथा औषधि नियन्त्रण केन्द्र ‘पीएचएलएमसी’ मा जैव–चिकित्सा इकाई ‘बायोमेडिकल युनिट ’ सुरु भएको छ भने आयुर्वेद अस्पतालमा पनि ‘एमएसएस’ सुरु गरिएको छ ।
बागमती प्रदेशमा ‘एक जिल्ला, एक स्वस्थ सहर’ कार्यक्रम र ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम सुरु गरिएको छ। गण्डकी प्रदेशबाट सेवा ग्रहकको विवरण ड्यासबोर्डमार्फत हेर्न सकिने व्यवस्था भएको छ र विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली ‘ईएमआर’ र ईएचएमआईएस तथा स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ‘ईएचएमआईएस’ संचालनमा आएको छ।
लुम्बिनी प्रदेशले परिवार स्वास्थ्य विवरण ‘फ्यामिली हेल्थ प्रोफाइ’ तयार गर्ने कार्य सुरु गरेको छ भने खर्च गर्ने स्वास्थ्य संस्थामा शून्य वेवास्तु प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कर्णाली प्रदेशमा कीटनाशक नियन्त्रण तथा न्यूनिकरण कार्यक्रम सुरु गरिएको छ । साथै, स्वास्थ्य संस्थाहरूको तथ्यांकको गुणस्तर व्यवस्थापन गर्न हरेक महिनामा भर्चुअल बैठक राखिने व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम प्रदेशले ‘प्रदेशको समृद्धिको लागि स्वस्थ नागरिक’ कार्यक्रम अन्तर्गत ‘मेरो मुटु, स्वस्थ मुटु’ अभियान सुरु गरेको छ । साथै, स्मार्ट पोषण सर्वेक्षण ‘स्मार्ट न्युट्रिसन सर्वे’ पनि सञ्चालनमा आएको छ ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
