नेपाल हेल्थ न्युज, सुर्खेत । सुर्खेतमा लोपोन्मुख फिरन्ते राउटे समुदायका युवायुवतीलाई लक्षित गरी प्राथमिक उपचारसम्बन्धी तालिम सञ्चालन गरिएको छ। तालिममा समुदायका १५ जना सहभागी छन्, जसमा आठ जना युवती र सात जना युवा रहेका छन्।
राउटे समुदाय हाल सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका वन क्षेत्रमा घुमन्ते जीवन बिताउँदै आएको छ। हाल उक्त समुदायको जनसंख्या १३३ मा सीमित रहेको बताइएको छ।
पछिल्ला वर्षहरूमा मदिरा सेवन, अस्वस्थ जीवनशैली तथा खानपानका कारण जनसंख्या घट्दै गएको सरोकारवालाले जनाएका छन्।
हाल उनीहरू सुर्खेतको लेकबेँसी नगरपालिका–७ अन्तर्गतको वन क्षेत्रमा बसोबास गरिरहेका छन्। तालिममा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचारका आधारभूत सीपहरू प्रयोगात्मक अभ्यासमार्फत सिकाइरहेका छन्।
नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यका अनुसार, तालिमपछि सहभागीहरूले चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखा पर्दा अस्पताल लैजानुअघि आवश्यक प्राथमिक उपचार गर्न सक्ने क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

