नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्।
तनहुँका काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बीमा कार्यक्रमको आर्थिक भार बढ्दै जाँदा बोर्ड दबाबमा परेको अवस्थामा उनको राजीनामा आएको हो।
हाल स्वास्थ्य बीमा अन्तर्गतको भुक्तानी नपाएको भन्दै केही ठूला सरकारी अस्पतालले कार्यक्रम नै बन्द गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् भने अन्य केही अस्पतालले पनि सोही तयारी गरिरहेका छन्।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। यता, अर्थ मन्त्रालयले वर्तमान संरचनामै बीमा कार्यक्रम सञ्चालन गरिए थप अनुदान दिन कठिन हुने स्पष्ट संकेत गरेको छ। सरकारबाट आवश्यक आर्थिक सहयोग नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम नै गम्भीर संकटमा फस्दै गएको देखिन्छ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
