नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्।
तनहुँका काफ्ले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यकालमा स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए। स्वास्थ्य बीमा कार्यक्रमको आर्थिक भार बढ्दै जाँदा बोर्ड दबाबमा परेको अवस्थामा उनको राजीनामा आएको हो।
हाल स्वास्थ्य बीमा अन्तर्गतको भुक्तानी नपाएको भन्दै केही ठूला सरकारी अस्पतालले कार्यक्रम नै बन्द गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् भने अन्य केही अस्पतालले पनि सोही तयारी गरिरहेका छन्।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ। यता, अर्थ मन्त्रालयले वर्तमान संरचनामै बीमा कार्यक्रम सञ्चालन गरिए थप अनुदान दिन कठिन हुने स्पष्ट संकेत गरेको छ। सरकारबाट आवश्यक आर्थिक सहयोग नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम नै गम्भीर संकटमा फस्दै गएको देखिन्छ।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
