नेपाल हेल्थ न्युज, काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ताको अन्तिम दिन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बनेको छ। विशेषगरी स्वास्थ्य मन्त्रालय सम्हालिसकेका नेताहरूको उम्मेदवारी र क्षेत्र हेरफेरले राजनीतिक वृत्तमा चासो बढाएको छ।
विगतमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी वहन गरेका विभिन्न दलका प्रभावशाली नेताहरू यसपटक पनि चुनावी प्रतिस्पर्धामा देखिन लागेका छन्। केहीले पुरानै निर्वाचन क्षेत्रबाट निरन्तरता दिएका छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन्।
गगन थापा: पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले यसपटक आफ्नो परम्परागत निर्वाचन क्षेत्र काठमाडौं छाड्ने निर्णय गरेका छन्। लामो समय काठमाडौं–४ बाट राजनीति गर्दै आएका थापाले यस निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
प्रदीप पौडेल: निवर्तमान स्वास्थ्य मन्त्री पौडेलले नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट पुनः उम्मेदवारी दिने भएका छन्।
पदम गिरी: एमालेका तर्फबाट स्वास्थ्य मन्त्री बनेका गिरीलाई पार्टीले पर्वत–१ बाटै मैदानमा उतार्ने निर्णय गरेको छ।
शेरबहादुर तामाङ: स्वास्थ्य मन्त्रालयको अनुभव लिएका एमाले नेता तामाङ सिन्धुपाल्चोक–२ बाट प्रतिस्पर्धामा उत्रँदै छन्।
प्रदीप यादव: हालै जसपा परित्याग गरी एमाले प्रवेश गरेका यादवलाई पर्सा–१ बाट उम्मेदवार बनाउने तयारी एमालेको छ।
उपेन्द्र यादव: जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले आफ्नो बलियो क्षेत्र सप्तरी–३ बाटै उम्मेदवारी दिने निश्चित भएको छ।
भानुभक्त ढकाल: ढकालले यसपटक तेह्रथुमबाट उम्मेदवारी दिने भएका छन्। अघिल्लो निर्वाचनमा उनी मोरङ–३ बाट पराजित भएका थिए।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

