नेपाल हेल्थ न्युज, काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न दलका १० जना पूर्व स्वास्थ्य मन्त्री पराजित भएका छन्। यस पटकको निर्वाचनमा पुराना र अनुभवी नेताहरूलाई नयाँ उम्मेदवारहरूले कडा प्रतिस्पर्धा दिँदा धेरै पूर्व मन्त्रीहरूले हार व्यहोर्नुपरेको छ।
पराजित हुने पूर्व स्वास्थ्य मन्त्रीहरूमा प्रदीप पौडेल, भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ र उपेन्द्र यादव रहेका छन्।
भानुभक्त ढकाल
एमालेका नेता भानुभक्त ढकाल तेह्रथुम–१ बाट उम्मेदवार बन्नुभएको थियो। तर उहाँ नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित हुनुभयो। सुब्बाले ११ हजार ५६१ मत ल्याउँदा ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो।
गिरिराजमणि पोखरेल
महोत्तरी–१ बाट चुनाव लड्नुभएका पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल पनि हार व्यहोर्नुभयो। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतोले ठूलो मतान्तरले पराजित गर्नुभयो। महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत मात्र पाउनुभयो।
प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री तथा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट चुनावी मैदानमा उत्रिनुभएको थियो। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मीत पोखरेलले पराजित गर्नुभएको हो। पोखरेलले ३० हजार ७३७ मत प्राप्त गर्दा पौडेलले ९ हजार १५९ मत पाउनुभयो।
गगनकुमार थापा
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार बन्नुभएको थियो। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले पराजित गर्नुभयो। सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभयो।
पदम गिरी
पर्वत–१ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पदम गिरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालले हराउनुभयो। भुसालले २६ हजार ५६१ मत प्राप्त गर्दा गिरीले १५ हजार ७५ मत ल्याउनुभयो।
प्रदीप यादव
पर्सा–१ मा एमालेका उम्मेदवार प्रदीप यादव पनि पराजित हुनुभयो। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तले पराजित गर्नुभयो। पन्तले २७ हजार २७४ मत प्राप्त गर्दा यादवले १३ हजार ३० मत ल्याउनुभयो।
उपेन्द्र यादव
सप्तरी–३ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीसँग पराजित हुनुभयो। चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दा यादवले करिब १५ हजार मत ल्याउनुभयो।
राजेन्द्र महतो
सर्लाही–२ बाट राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतोले हराउनुभयो। रविन महतोले ४२ हजार ५१२ मत ल्याउँदा राजेन्द्र महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गर्नुभयो।
हृदयेश त्रिपाठी
नवलपरासी पश्चिम–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठी पनि पराजित हुनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले ४५ हजार २४१ मत ल्याएर जित हासिल गर्दा त्रिपाठीले ७ हजार ८३२ मत पाउनुभयो।
यसपटकको प्रतिनिधिसभा निर्वाचनले धेरै अनुभवी नेताहरूलाई हारको सामना गराउँदा नयाँ अनुहारहरूको उदय भएको देखिएको छ।
शेरबहादुर तामाङ
सिन्धुपाल्चोक–२ बाट एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलालले हराउनुभयो। दुलालले २९ हजार ६९९ मत प्राप्त गर्दा तामाङले १५ हजार ९२६ मत ल्याउनुभयो।
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

