नेभिगेशन

इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टले के भन्छ ?

नेपाल हेल्थ न्युज, सुर्खेत । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको आज ६ दिन भयो । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।

२३ गते बिहान ६ बजे ट्युसन पढ्न घरबाट निस्केकी वीरेन्द्रनगर-६ मा बस्दै आएकी इनिसाको पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकै कारण अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा अर्विन शाक्यले बताए ।

‘अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्क भएको देखिन्छ  । सामूहिक बलात्कार हो भन्ने त्यस्तो तथ्य भेटिएको छैन,’ उनले भने, ‘अन्य रिपोर्ट आउन बाँकी छ । नशालु औषधिको प्रयोग हो या होइन, रगत जाँचका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छौं ।’ 

उक्त घटनामा के भएको थियो ?

पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो।

इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। लगतै उनलाई प्रदेश अस्पताल कालागाउँमा पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

उनी कक्षा ११ मा अध्ययनरत थिइन् । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

थापाका अनुसार, सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ । २३ गते इनिसा र उनीसँगै पढ्ने सुर्खेत घर भएका १६ वर्षीय किशोर वीरेन्द्रनगरमा रहेको जनजागरण सामुदायिक वनमा हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट