नेपाल हेल्थ न्युज, भरतपुर । भरतपुर अस्पताल नर्सिङ क्याम्पसले बी.एन.एस. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्तोषी श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज एक दिन शोक बिदा दिएको छ।
नर्सिङ कार्यक्रम संयोजक सहप्राध्यापक मिना कुमारी भुसालद्वारा जारी सूचनाअनुसार सन्तोषी श्रेष्ठ मिति २०८३ असार १४ गते बेलुका ८ः०० बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। पछि असार ३२ गते उनी मृत अवस्थामा फेला परेको जनाइएको छ।
क्याम्पसले उनको असामयिक निधनबाट सम्पूर्ण क्याम्पस परिवार मर्माहत भएको उल्लेख गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ।
साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै आज साउन ४ गते क्याम्पसबाट प्रवाह हुने सम्पूर्ण शैक्षिक तथा प्रशासनिक सेवाहरू बन्द रहने गरी एक दिन शोक बिदा घोषणा गरिएको जनाएको छ। क्याम्पस प्रशासनले उक्त निर्णय सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरेको हो।
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीको २५औँ सत्याग्रह सुरु
शुक्रबार, कात्तिक १३, २०८३
