नेपाल हेल्थ न्युज, भरतपुर । भरतपुर अस्पताल नर्सिङ क्याम्पसले बी.एन.एस. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्तोषी श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज एक दिन शोक बिदा दिएको छ।
नर्सिङ कार्यक्रम संयोजक सहप्राध्यापक मिना कुमारी भुसालद्वारा जारी सूचनाअनुसार सन्तोषी श्रेष्ठ मिति २०८३ असार १४ गते बेलुका ८ः०० बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। पछि असार ३२ गते उनी मृत अवस्थामा फेला परेको जनाइएको छ।
क्याम्पसले उनको असामयिक निधनबाट सम्पूर्ण क्याम्पस परिवार मर्माहत भएको उल्लेख गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ।
साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै आज साउन ४ गते क्याम्पसबाट प्रवाह हुने सम्पूर्ण शैक्षिक तथा प्रशासनिक सेवाहरू बन्द रहने गरी एक दिन शोक बिदा घोषणा गरिएको जनाएको छ। क्याम्पस प्रशासनले उक्त निर्णय सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरेको हो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
