नेपाल हेल्थ न्युज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले पर्साको नयाँ प्रमुखका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई खटाएको छ।
भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख थिए। जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उनलाई पाल्पाबाट काठमाडौं सरुवा गरिएको थियो। उनी अपरेसन तथा फिल्ड कमान्डमा अनुभवी अधिकृतका रूपमा परिचित छन्।
यस सरुवालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि उत्पन्न परिस्थितिसँग पनि जोडेर हेरिएको छ। उक्त घटनापछि आन्दोलनरत चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिनसँगै पर्साका एसपी तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गर्नुपर्ने माग अघि सारेका थिए।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईको स्थानमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ।
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
