नेपाल हेल्थ न्युज, काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. प्याकुरेलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट भएका डा. प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि नै यसको सुदृढीकरणका पक्षमा निरन्तर लेखन, अध्ययन तथा वकालत गर्दै आएका स्वास्थ्य नीति विज्ञका रूपमा परिचित छन्।
उनी स्वास्थ्य क्षेत्र सुधार, स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी तथा दिगो बनाउने विषयमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। स्वास्थ्य बीमा कार्यक्रमको विस्तार र गुणस्तरीय सेवा प्रवाहका विषयमा उनले विभिन्न माध्यमबाट निरन्तर आवाज उठाउँदै आएका छन्।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीको २५औँ सत्याग्रह सुरु
शुक्रबार, कात्तिक १३, २०८३
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३ट्रेन्डिङ
