नेपाल हेल्थ न्युज, काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. प्याकुरेलले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट भएका डा. प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि नै यसको सुदृढीकरणका पक्षमा निरन्तर लेखन, अध्ययन तथा वकालत गर्दै आएका स्वास्थ्य नीति विज्ञका रूपमा परिचित छन्।
उनी स्वास्थ्य क्षेत्र सुधार, स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी तथा दिगो बनाउने विषयमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। स्वास्थ्य बीमा कार्यक्रमको विस्तार र गुणस्तरीय सेवा प्रवाहका विषयमा उनले विभिन्न माध्यमबाट निरन्तर आवाज उठाउँदै आएका छन्।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
