नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अङ्ग प्रत्यारोपण समन्वय समितिको रिक्त अध्यक्ष पदका लागि ७ जना उम्मेदवार छनोट गरेको छ।
मन्त्रालयले गत असार २५ गते प्रकाशित गरेको सूचनाका आधारमा प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी डा. आरती राई, डा. एकानन्द सिंह, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेशबहादुर अधिकारी, डा. मुकुन्दराज जोशी, डा. शैलेन्द्र श्रेष्ठ र डा. सम्पूर्णमान तुलाधरलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।
छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी भदौ ५ गते बिहान १० बजे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रत्येक उम्मेदवारलाई प्रस्तुतीकरणका लागि अधिकतम १५ मिनेटको समय दिइनेछ। प्रस्तुतीकरणपछि उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ।

लामो समयदेखि काजमा रहेका १४ स्वास्थ्य अधिकारीको काज फिर्ता
बिहीबार, भदौ ४, २०८३
मेलानोमा दोहोरिनबाट रोक्ने खोपको परीक्षण सफल, क्यान्सर उपचारमा नयाँ आशा
बिहीबार, भदौ ४, २०८३
डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु
बिहीबार, भदौ ४, २०८३
बीपी प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकका लागि २९ जनाको दाबी
बिहीबार, भदौ ४, २०८३
