नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अङ्ग प्रत्यारोपण समन्वय समितिको रिक्त अध्यक्ष पदका लागि ७ जना उम्मेदवार छनोट गरेको छ।
मन्त्रालयले गत असार २५ गते प्रकाशित गरेको सूचनाका आधारमा प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी डा. आरती राई, डा. एकानन्द सिंह, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेशबहादुर अधिकारी, डा. मुकुन्दराज जोशी, डा. शैलेन्द्र श्रेष्ठ र डा. सम्पूर्णमान तुलाधरलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।
छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी भदौ ५ गते बिहान १० बजे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रत्येक उम्मेदवारलाई प्रस्तुतीकरणका लागि अधिकतम १५ मिनेटको समय दिइनेछ। प्रस्तुतीकरणपछि उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ।

बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
