नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त हुनुभएको छ ।
उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।
उहाँमा स्वास्थ्य अनुसन्धान, चिकित्सा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव छ । डा. जोशीले सन् २०२४ देखि २०२६ सम्म परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा काम गरिसक्नुभएको छ। यसअघि उहाँ राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन हुनुहुन्थ्यो ।
उहाँले सन् २००० मा युक्रेनबाट एमबीबीएस, सन् २००९ मा न्याम्सबाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस र भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिप गर्नुभएको छ ।
स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल
शुक्रबार, भदौ ५, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ
शुक्रबार, भदौ ५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदमा १५ उम्मेदवारको सर्टलिस्ट सार्वजनिक
बिहीबार, भदौ ४, २०८३
