नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखमा डा. विवेककुमार लाललाई जिम्मेवारी दिइएको छ।
यसअघि नीति, योजना तथा अनुगमन महाशाखामा रहेका डा. गुणनीधि शर्माको राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा भएको छ। उनलाई केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ।
यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलको मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले भदौ ५ गते मन्त्रिस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेकी हुन्। निर्णयसँगै मन्त्रालय र राष्ट्रिय क्षयरोग केन्द्रको नेतृत्व तथा जिम्मेवारीमा परिवर्तन भएको हो।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य व्यवसायी परिषद्को उन्नाइसौँ लाइसेन्सिङ परीक्षा भदौ अन्तिम साताबाट
मंगलबार, भदौ ९, २०८३
गोसाइँकुण्डको जनैपूर्णिमा मेलामा अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा दिने
मंगलबार, भदौ ९, २०८३
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३ट्रेन्डिङ
