नेभिगेशन

बाढीपीडित घाइतेलाई रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले बाढीबाट घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारीका अनुसार भदौ १० गते आएको बाढीबाट घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीलाई आवश्यकताअनुसार निःशुल्क रगत उपलब्ध गराइने बताउनुभएको छ।

त्यस्तै, शव पहिचान भइसकेका तर आर्थिक समस्यामा रहेका परिवारलाई शव बोक्न आवश्यक व्यवस्था पनि रेडक्रसले गरिदिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण घाइते भएका २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन्। हालसम्म ७३४ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका कामलाई थप प्रभावकारी बनाउन विभिन्न निकाय सक्रिय भइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट