नेभिगेशन

एमईसीईई–बीएलको आवेदन म्याद थप, भदौ २५ सम्म फाराम भर्न सकिने

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा एमईसीईई–बीएलको अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरिएको छ।

चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले सोमबार जारी गरेको सूचनाअनुसार यसअघि २०८३ साल भदौ १५ गते अपराह्न ५ बजेसम्म आवेदन दिने समय तोकिएको थियो। तर, हालैको भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आवेदनको म्याद थप गरिएको आयोगले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार उम्मेदवारहरूले भदौ २३ गते अपराह्न ५ बजेसम्म आवेदन शुल्क बैंकमा दाखिला गरिसक्नुपर्नेछ। बैंकमा शुल्क दाखिला गरेको भौचरका आधारमा भदौ २५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन पेश गर्न सकिने आयोगले जनाएको छ। त्यसैगरी, भदौ २५ गते अपराह्न ५ बजेदेखि भदौ ३१ गते अपराह्न ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।

चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी छनोटका लागि सञ्चालन हुने एमईसीईई–बीएलमा सहभागी हुन इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई संशोधित समयसीमाभित्र आवेदन प्रक्रिया पूरा गर्न आयोगले आग्रह गरेको छ। आयोगका अनुसार एमईसीईई–बीएल २०२७ को परीक्षा सञ्चालन हुने मिति र समय पछि प्रकाशन गरिनेछ।

MECEE-BL-1788172106.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट