नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा विपद्का घटना बढ्दै जाँदा प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग जुटाउने अभियानमा विभिन्न संघसंस्था पनि जोडिन थालेका छन् । यसै क्रममा नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्यिुटकल्स संघ (फ्यानक्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७५ हजार १५१ रुपैयाँ सहयोग गरेको छ ।
विपद्का समयमा सरकारको उद्धार तथा राहत प्रयासलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषमा निजी क्षेत्र, संघसंस्था तथा नागरिकबाट प्राप्त सहयोगले प्रभावित समुदायसम्म राहत पु¥याउन थप स्रोत जुटाउन मद्दत पुग्ने फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धरले बताउनुभयो ।
फ्यानक्यानले गरेको यो सहयोगले विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा उद्धारका प्रयासमा हातेमालो गर्न संस्थागत क्षेत्रको भूमिकालाई पनि उजागर गरेको छ ।
एमईसीईई–बीएलको आवेदन म्याद थप, भदौ २५ सम्म फाराम भर्न सकिने
सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव, ४८ को पोस्टमार्टम सम्पन्न
सोमबार, भदौ १५, २०८३
पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित
सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिला फरार
सोमबार, भदौ १५, २०८३
