नेपाल हेल्थ न्युज, काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ।
यस्तै, बाढी तथा विपद्का घटनामा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। घटनामा २७९ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
तीन मेडिकल अधिकृतलाई तीन दिनभित्र हाजिर हुन अल्टिमेटम
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
