नेभिगेशन

रसुवाको बाढीमा मृतक संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

नेपाल हेल्थ न्युज, काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ।

यस्तै, बाढी तथा विपद्का घटनामा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। घटनामा २७९ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ