नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित एसिएन मेडि मार्टले औषधि बिक्रीसँगै मानवीय सेवाको एउटा उदाहरण प्रस्तुत गरेको छ। मार्टले मंगलबार एक दिनमा भएको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम रसुवाका बाढीपीडितको सहयोगका लागि छुट्याएको हो।
बाढीपहिरोका कारण रसुवामा जनजीवन प्रभावित भइरहेका बेला पीडितको सहयोगका लागि आफ्नो व्यवसायबाट पनि केही योगदान गर्न सकिन्छ भन्ने उद्देश्यले मार्टले यस्तो पहल गरेको सञ्चालक किशोर घिमिरेले बताउनुभयो।
घिमिरेका अनुसार मार्टको मंगलबार एक दिनको बिक्री ४८ हजार ६ सय ३५ भएको छ। सोही बराबरको रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।
'मानवताका लागि हातेमालो गरेका हौं,” घिमिरेले भन्नुभयो- 'हाम्रो सानो प्रयासले बाढीपीडितको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्य हो।'
मार्टले ग्राहकलाई पनि आफ्नो यो अभियानमा अप्रत्यक्ष रूपमा सहभागी गराएको छ। मंगलबार औषधि वा स्वास्थ्य सामग्री खरिद गर्न आएका ग्राहकले तिरेको रकम बाढीपीडितको सहयोगमा जाने भएपछि उनीहरूको खरिद पनि राहत अभियानको हिस्सा बनेको छ।
मार्टले ग्राहकलाई भावनात्मक सन्देश दिँदै भनेको छ– ‘तपाईंको आजको खरिद रकम बाढीपीडितको सहारा बन्दैछ।’
विपद्का बेला राज्य तथा विभिन्न संघसंस्थासँगै निजी क्षेत्र र व्यवसायीले समेत आफ्नो क्षमताअनुसार सहयोग गर्न सके प्रभावित परिवारलाई तत्काल राहत पुर्याउन थप सहज हुने देखिन्छ।
एसिएन मेडि मार्टको यो पहलले ‘सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ’ भन्ने सन्देश दिएको छ। आफ्नो दैनिक कारोबारको एउटा दिन नै बाढीपीडितका नाममा समर्पित गरेर मार्टले व्यवसायसँगै मानवता पनि कमाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
