नेभिगेशन

मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधरलाई नियुक्त गरेको छ।

स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत डा. तुलाधरलाई समितिको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको हो।

डा. तुलाधरले शल्यचिकित्सा तथा कार्डियोथोरासिक शल्यचिकित्सामा विशेषज्ञता हासिल गर्नुभएको छ। उहाँले एमबीबीएस, एमएस (जनरल सर्जरी), एमआरसीएस तथा कार्डियोथोरासिक सर्जरीमा फेलोसिप पूरा गर्नुभएको छ।

समितिको अध्यक्ष पदका लागि मन्त्रालयले गत २५ असारमा सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो। उक्त सूचनाका आधारमा प्राप्त आवेदनमध्येबाट डा. आरती राई, डा. एकानन्द सिंह, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेशबहादुर अधिकारी, डा. मुकुन्दराज जोशी, डा. शैलेन्द्र श्रेष्ठ र डा. सम्पूर्णमान तुलाधरलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।

प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि मन्त्रालयले डा. तुलाधरलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट