नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। अब स्वास्थ्य बीमा नवीकरणका लागि परिवारमा आबद्ध सबै सदस्यको ग्राहक पहिचान केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने भएको छ।
बोर्डले बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्तीलगायत विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार सम्पूर्ण बीमितले स्वास्थ्य बीमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत मार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गर्नुपर्नेछ। त्यसपछि बीमा कार्यक्रममा आबद्ध परिवारका सबै सदस्यको केवाइसी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने बोर्डले जनाएको छ।
बोर्डका अनुसार बीमितको विवरणलाई व्यवस्थित र अद्यावधिक राख्नुका साथै बीमा सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो।
अब बीमा नवीकरण गर्न चाहने बीमितले पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गरेपछि मात्रै नवीकरण प्रक्रिया अघि बढाउन सक्नेछन्। बोर्डले नयाँ व्यवस्थाअनुसार बीमा नवीकरण गर्न सम्बन्धित सबै बीमितलाई आग्रहसमेत गरेको छ।
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
वीर अस्पतालमा दुर्लभ मस्तिष्कको सफल शल्यक्रिया
बिहीबार, भदौ २५, २०८३

