नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। अब स्वास्थ्य बीमा नवीकरणका लागि परिवारमा आबद्ध सबै सदस्यको ग्राहक पहिचान केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने भएको छ।
बोर्डले बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्तीलगायत विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार सम्पूर्ण बीमितले स्वास्थ्य बीमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत मार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गर्नुपर्नेछ। त्यसपछि बीमा कार्यक्रममा आबद्ध परिवारका सबै सदस्यको केवाइसी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने बोर्डले जनाएको छ।
बोर्डका अनुसार बीमितको विवरणलाई व्यवस्थित र अद्यावधिक राख्नुका साथै बीमा सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो।
अब बीमा नवीकरण गर्न चाहने बीमितले पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गरेपछि मात्रै नवीकरण प्रक्रिया अघि बढाउन सक्नेछन्। बोर्डले नयाँ व्यवस्थाअनुसार बीमा नवीकरण गर्न सम्बन्धित सबै बीमितलाई आग्रहसमेत गरेको छ।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
