नेपाल हेल्थ न्युज, काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको हो ।
प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ ।
टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डा बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा हरिकुमार श्रेष्ठ र डा श्रीराम खड्का रहनुभएको छ ।
टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने छ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ । रासस
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी
शुक्रबार, भदौ २६, २०८३
३८३ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ९६ करोड बढी रकम भुक्तानी
शुक्रबार, भदौ २६, २०८३
नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त
शुक्रबार, भदौ २६, २०८३
