नेभिगेशन

डिप्रेसन कम गर्न च्याउ

मसरुम अर्थात् च्याउका विभिन्न फाइदा छन् । एक अध्ययनअनुसार मसरुमले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्छ । मसरुममा कैयौँ त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ । शोधकर्ताहरूका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुष्प्रभावबाट बचाउने काम गर्छ । यसमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न मद्दत गर्छ । डिप्रेसनको सिकार भएकाहरूलाई मसरुम खुवाएर यसको अनुसन्धान गरिएको थियो । त्यसबाट मसरुममा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गरेको प्रमाणित भएको थियो । त्यस्तै, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ ।नयाँपत्रिका  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पत्रपत्रिकाबाट