नेभिगेशन

विश्व क्यान्सर दिवस २०१९ः ‘म छु र म गर्नेछु’

  आज विश्व क्यान्सर दिवस । हरेक वर्षको फेब्रुअरी ४ तारेखलाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ । यस वर्ष ‘म छु र म गर्नेछु’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभर क्यान्सर दिवस मनाइदैछ । विश्वमा हुने मृत्युको प्रमुख कारणमध्ये क्यान्सर एक हो । विश्वमा हरेक वर्ष १ करोड ८१ लाख क्यान्सरका नयाँ बिरामी थपिने र ९६ लाख मानिसको क्यान्सरका कारण मृत्यू हुने गरेको ग्लोबोक्यान २०१८ को  नयाँ तथ्यांकले देखाएको छ । ५ जना पुरुषमध्ये एकजना र ६जना महिलामध्ये एकजनालाई जीवनमा कुनै न कुनै एकपटक क्यान्सर विकास हुने र ८ जना पुरुषमध्ये एक र ११ जना महिलामध्ये १ जनाको रोगको कारण मृत्यु हुने तथ्यांकले देखाएको छ । विश्वमा अहिले स्तन, सर्भाइकल र ठूलो आन्द्राको क्यान्सरबारे शुरुको अवस्थामा स्क्रिनिङ गरेर कुनै लक्षण नदेखिँदै पत्ता लगाउने र क्यान्सर हुनबाट बचाउन सफल देखिएको छ । अहिले सबैभन्दा धेरै मान्छेलाई लाग्ने र मृत्यू हुने कारण फोक्सोको क्यान्सर देखिएको छ । यसको मुख्य कारण अत्यधिक चुरोटको सेवन हो । यद्यपी विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्यू चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थ मानिएको छ । क्यान्सर लागिसकेपछि विभिन्न तहको व्याख्या र विश्लेषण गरी बिरामीको मृत्यूको दिन गन्ने प्रचलन छ । तर क्यान्सरको शुरुको अवस्था वा क्यान्सर हुने संभावना भएका व्यक्तिलाई उपचार गर्दा यसको उपचार राम्रो र संभव देखिएको छ । क्यान्सर पत्ता लगाउन धेरै परीक्षण, धेरै आर्थिक भार पर्नसक्छ । विश्वमा अहिले स्तन, सर्भाइकल र ठूलो आन्द्राको क्यान्सरबारे शुरुको अवस्थामा स्क्रिनिङ गरेर कुनै लक्षण नदेखिँदै पत्ता लगाउने र क्यान्सर हुनबाट बचाउन सफल देखिएको छ । बालबालिकालाई सताउने क्यान्सर पुरुषलाई सताउने क्यान्सर
  • फोक्सोको क्यान्सर
  •  आमाशयको क्यान्सर
  •  कलेजोको क्यान्सर
  •  ठूलो आन्द्रा (मलाशय)को क्यान्सर
  • आहार नलीको क्यान्सर
  •  प्रोस्टेट क्यान्सर महिलालाई सताउने क्यान्सर
  •  स्तन क्यान्सर
  • फोक्सोको क्यान्सर
  • आमाशयको क्यान्सर
  • ठूलो आन्द्रा (मलासय) क्यान्सर
  • पाठेघर (गर्भाशय) मुखको क्यान्सर
  • बालबालिकालाई सताउने क्यान्सर
  • रक्त क्यान्सरवंशाणुगत हुने मुख्य क्यान्सर
  • रेटिनो ब्लास्टोमा
  • कोलोन क्यान्सर
  • स्तन क्यान्सर
  • ओभरियन क्यान्सर
  • छाला आदि यस्ता क्यान्सरहरुमा वंशाणुगत जीन खराब भएपछि सन्तानमा देखिँदै जान्छन् । क्यान्सर भनेको कोषभित्र हुने परिवर्तन हो । शुरुको अवस्थामा कोषभित्र भएका परिवर्तन पत्ता लगाउन सकिँदैन । लक्षण नदेखिदै क्यान्सर पत्ता लगाउन सकेमा प्रभावकारी मानिन्छ । नियमित जाँचका क्रममा क्यान्सर पत्ता लगाउन सकिन्छ । तर शरीरमा क्यान्सरको लक्षण देखिदै गर्दा धामी झाँक्रीलाई विश्वास गरेर बस्ने, आफूखुशी विभिन्न औषधि खाएर बस्ने र पछि समस्याले निकास नपाएपछि मात्र जँचाउन आउने प्रचलनले क्यान्सर रोगबाट छुटकारा पाउन निकै मुस्किल पर्छ । यस्ता क्यान्सरहरुमा वंशाणुगत जीन खराब भएपछि सन्तानमा देखिँदै जान्छन् । क्यान्सर भनेको कोषभित्र हुने परिवर्तन हो । शुरुको अवस्थामा कोषभित्र भएका परिवर्तन पत्ता लगाउन सकिँदैन । लक्षण नदेखिदै क्यान्सर पत्ता लगाउन सकेमा प्रभावकारी मानिन्छ । नियमित जाँचका क्रममा क्यान्सर पत्ता लगाउन सकिन्छ । तर शरीरमा क्यान्सरको लक्षण देखिदै गर्दा धामी झाँक्रीलाई विश्वास गरेर बस्ने, आफूखुशी विभिन्न औषधि खाएर बस्ने र पछि समस्याले निकास नपाएपछि मात्र जँचाउन आउने प्रचलनले क्यान्सर रोगबाट छुटकारा पाउन निकै मुस्किल पर्छ ।
तपाईंलाई पनि क्यान्सर पो छ कि ? -शरीरमा देखिने कुनै पनि प्रकारको गाँठागुठी - शरीरका घाउखटिरा लामो समयसम्म निको नभएमा -खोकी लागिरहने, स्वर भासिने - खकारमा रगत देखिएमा - बिनाकारण दुब्लाउँदै गएमा - धेरै दिनदेखि जण्डिस निको नभएमा - पेट फुल्ने, पेटमा पानी देखिने - दिसा पिसाबमा रगत जाने, दिसा धेरै लाग्ने - कब्जियतको समस्या - शरीरमा भएको कोठीको आकार बढेमा क्यान्सर उपचार कति सम्भव ? -पहिलो चरणमा क्यान्सर पत्ता लागेमा निको हुन्छ । - दोस्रो चरणमा निको पार्न सकिएपनि खर्चिलो र लामो समय लाग्छ । - तेस्रो चरणमा क्यान्सर निको पार्न सकिदैन तर जीवन लम्ब्याउन सकिन्छ । - चौथो चरणमा केही गर्न सकिदैन । रोगबाट हुने अन्य समस्या व्यवस्थापन गर्न सकिन्छ । कुन क्यान्सरका लागि कस्तो टेष्ट गराउने ? फोक्सो -आवश्यकता अनुसार परीक्षण गराउने - चुरोट खानेहरुले ४० वर्ष पुगेपछि हरेक वर्ष छातिको एक्स—रे गराउने । स्तन क्यान्सर - महिनावारी भएको ७ देखि १० दिनमा आफ्नो स्तनको परीक्षण आफैं गर्ने -गिर्खा फेला परेमा चिकित्सकलाई देखाउने - ४० वर्ष मुनिका महिलाहरुले स्तनको अल्टासाउण्ड गराउने । -४० वर्ष पूरा भएका महिलाहरुले चिकित्सकको सल्लाह अनुसार मेमोग्राम गराउने । -पारिवारिक समस्या भएकाहरु सचेत रहने पाठेघरको मुखको क्यान्सर गुप्ताङ्गबाट गन्हाउने फोहोर पानी बग्ने, महिनावारी बन्द भइसकेका महिलाहरुमा पुनः रगत देखा पर्ने, महिनावारी अनियमित हुने, यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा पाठेघरको मुखको क्यान्सर हुन सक्दछ । यसका लागि प्याप स्मेयर टेष्ट, कल्पोस्कोपी, वायोप्सी गराउनुपर्छ । यो विवाह भएको एक वर्षपछि हरेक वर्ष गराउन सकिन्छ । प्यापको रिपोर्टमा शंका लागेमा कल्पोस्कोपी गरी बायोप्सी गराउन सकिन्छ । कोलोन क्यान्सर पेट फुल्नु, दिशामा रगत देखा पर्नु, खाना नपच्नु, बिरामी दुब्लाउँदै जानु जस्ता लक्षण देखा परेमा कोलोनको क्यान्सर हुन सक्दछ । यसका लागि कोलोन्सकोपीका साथै वायोप्सी, सि.टि. स्क्यान, ट्युमर मार्कर गराउनुपर्छ । आन्द्राको क्यान्सर पारिवारिक क्यान्सर भएकाले परिवारको कुनै सदस्यलाई यो क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यले ४० वर्ष पुरा भएपछि हरेक वर्ष स्व्रिmनिङ गराउनुपर्छ । मुखको क्यान्सर मुख भित्र निको नहुने घाउ आउने, रगत बग्ने चपाउन र निल्न गाह«ो हुने जस्ता लक्षण देखापरेमा मुखको क्यान्सर हुनसक्दछ । यसका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ । यसका साथै बायोप्सी र सि.टि. स्क्यानले पत्ता लगाउन सकिन्छ । क्यान्सर उपचार विधि सर्जरी क्यान्सर लागेको अंग र त्यस वरिपरिको पछि क्यान्सर पलाउन सक्ने अंगलाई काटेर फालिदिने विधि हो । कुनै कुनै क्यान्सरहरु शल्यक्रिया पछि अन्य उपचार गर्नुपर्दैन ।  केमोथेरापी क्यान्सरका कोष तथा कोषिकाहरुलाई कम गर्न तथा मार्नका लागि प्रयोग गरिने औषधिलाई केमोथेरापी भनिन्छ । यो औषधि रगतको नशाबाट तथा मुखबाट दिने गरिन्छ ।  रेडियोथेरापी क्यान्सर लागेको भागमा वा त्यस अंगको वरिपरिको भागमा विकिरण पद्धतिबाट सेकी उपचार गरिन्छ । रेडियोथेरापीलाई बोलीचालिको भाषामा सेकाइ पनि भनिन्छ । यो सेकाइ गर्दा विरामीहरुलाई केही थाहा हुदैन ।  हर्मोनल थेरापी विभिन्न हर्मोनको प्रयोग गरी उपचार गर्ने विधिलाई हर्मोनल थेरापी भनिन्छ ।  इम्युनोथेरापी क्यान्सर रोक्ने क्षमतालाई वृद्धि गर्ने विधिलाई इम्युनोथेरापी भनिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्